26/08/2026
पुरानो गुफा नेपालको बाढी पीडितहरूको साथमा 🇳🇵❤️
हालै नेपालका विभिन्न क्षेत्रमा आएको बाढी तथा प्राकृतिक विपत्तिका कारण प्रभावित भएका सम्पूर्ण परिवारहरू र समुदायप्रति पुरानो गुफा गहिरो सहानुभूति, साथ र प्रार्थना व्यक्त गर्दछौं।
यस कठिन समयमा पीडित परिवारहरूलाई सहयोग पुर्याउने उद्देश्यले:
बाढी प्रभावित क्षेत्रमा पठाइने Money Transfer मा ०% ट्रान्सफर शुल्क (Zero Transfer Fee)
नेपाल जाने एयरलाइन्स टिकट बुकिङमा ०% सेवा शुल्क (Zero Service Fee)
यो विशेष सुविधा आजदेखि आगामी १० दिनसम्म (२६ अगस्ट २०२६ देखि ४ सेप्टेम्बर २०२६ सम्म) उपलब्ध गराउने निर्णय गरेका छौं।
हाम्रो यो सानो प्रयासले आपतकालीन अवस्थामा रहेका परिवारहरूलाई आवश्यक सहयोग छिटो, सहज र कम आर्थिक भारमा प्राप्त गर्न मद्दत पुग्ने विश्वास लिएका छौं।
हामी सबै मिलेर नेपाललाई सहयोग गरौं।
हामी सबै मिलेर आफ्नो समुदायलाई अझ बलियो बनाऔं।
पुरानो गुफा
समुदायको विश्वास, सेवाको प्रतिबद्धता
The Most Trusted Brand in the Community