25/04/2026
पश्चिमको खानेपानीमा स्वदेशी इनोभेसनको प्रविधि : विकास अब केन्द्रमा मात्र सीमित छैन....
हामीले नेपालको पश्चिमी क्षेत्रको खानेपानीहरूमा मा सफलतापूर्वक स्मार्ट डिजिटल प्रविधि स्थापना सम्पन्न गरेका छौं। स्वदेशी इनोभेसनमार्फत मोटर, ट्यांकी लगायतका प्रणालीहरूमा स्मार्ट अटोमेसन लागू गरिएको छ, जसले सञ्चालन खर्च घटाउने, कार्यक्षमता बढाउने र समग्र व्यवस्थापनलाई प्रभावकारी बनाउने लक्ष्य राखेको छ।
हाम्रो विश्वास स्पष्ट छ—विकास केवल केन्द्रीय वा सहरी क्षेत्रमा मात्र सीमित हुनु हुँदैन। प्रविधिको पहुँच देशका हरेक कुनासम्म पुग्नुपर्छ। त्यसैले हाम्रो प्राथमिकता केवल प्रविधि स्थापना गर्नु मात्र होइन, तर दूरदराज तथा कम विकसित क्षेत्रमा पनि यसको प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्नु हो।
नेपालको पश्चिम क्षेत्रहरूमा यस्तो प्रविधि विस्तार हुँदै जानु भनेको देशभरका खानेपानी प्रणालीहरूलाई एउटै स्तरको स्मार्ट व्यवस्थापनमा जोड्ने महत्वपूर्ण कदम हो। अब पश्चिमका खानेपानी सेवाहरू पनि अन्य विकासशील क्षेत्रहरू सरह प्रविधिसँग जोडिँदै अगाडि बढिरहेका छन्।
हामी आगामी दिनहरूमा पनि यस्तै पहलहरूमार्फत देशभर समान रूपमा प्रविधि विस्तार गर्दै जाने प्रतिबद्धता व्यक्त गर्दछौं—किनकि हाम्रो लक्ष्य समग्र नेपाल हो, केही सीमित भूगोल मात्र होइन ।
Smart Water Technology Reaches Western Nepal: Development Beyond the Center
We have successfully completed the installation of smart digital water technology at Water Utilities in the western regions of Nepal. Through Swodeshi innovation, smart automation has been implemented for motors, tanks and other key systems—aiming to reduce operational costs, improve efficiency, and enhance overall system management using technology.
Our vision is clear—development should not be limited to central or urban areas. Technology must reach every corner of the country. That’s why our priority is not just installing technology, but ensuring its implementation in remote, underserved, and geographically disconnected regions.
Expanding such innovations in western regions is a significant step toward integrating water utilities across Nepal into a unified, smart management system. Water services in the Western regions are now advancing alongside other developing regions through the power of technology.
We remain committed to expanding these efforts nationwide—because our focus is the development of the whole of Nepal, not just a few regions.