Ktm

Ktm bio we deliver the online services. deliver available around kathmandu

26/03/2019
08/05/2018

logo

सिन्डिकेटको चक्रमा नेपाली
नयाँ पत्रिका काठमाडाैँ, २५
अर्जुन पौडेल, कृष्ण रिजाल, अजित अधिकारी, जीवन बस्नेत, अच्युत पुरी र गोपाल साउदको रिपोर्ट

जन्म : नेपाली शिशु घरमा जन्मँदा असुरक्षित छ, अस्पतालमा जन्मन्छ भने उसको पहिलो चीत्कार सिन्डिकेटले दबिएको हुन्छ ।

निजी अस्पताल पुग्ने ९० प्रतिशत गर्भवतीको सिजरिङ गरिन्छ । किनकि स्वाभाविक रूपमा बच्चा जन्माउँदा अस्पतालले करिब पाँच हजार लिन मिल्छ भने सिजरिङबाट ६० हजारभन्दा बढीको बिल उठ्छ ।

सामान्य रूपमा जन्मन सक्ने बच्चालाई पनि सिजरिङ पद्धतिबाट जन्माएर आमा र बच्चाको स्वास्थ्यमा खेलबाड गरेको भन्दै स्वास्थ्य सेवा विभागको परिवार स्वास्थ्य महाशाखाले निजी अस्पतालहरूलाई चेतावनीसहितको पत्र नै पठाएको छ ।

बच्चा जन्मिँदा मात्र होइन, उपचार गर्दा पनि प्रयोगशाला परीक्षणदेखि औषधिसम्म सिन्डिकेट छ । सिटिस्क्यान र एमआरआई कहाँ गर्ने र कुन कम्पनीको औषधि खाने भन्ने विषय डाक्टरको स्वार्थले निर्धारण गर्छ । डा. रामेश कोइराला भन्छन्, ‘प्रतिस्पर्धा होइन, मिलेमतोलाई संस्थागत गर्न निजी अस्पतालहरूले एसोसिएसन खोलेका छन् ।’

विद्यालय : सरकारको पाठ्यक्रम एउटै छ, डिएलई र एसइईजस्ता परीक्षामा प्रश्नपत्र एउटै हुन्छ । तर, विद्यार्थीलाई फरकफरक किताब पढाइन्छन् । प्याब्सन र एन प्याब्सनलगायतका संस्थाले किताबको व्यापार गर्न प्रकाशन गृह पनि आफैँ खोलेका छन् । किताब मात्र होइन, रिबनदेखि मोजासम्म उनीहरूले भनेको ठाउँमा चर्को मूल्यमा किन्न अभिभावक बाध्य छन् ।

वैदेशिक रोजगारी : विदेश जान वैदेशिक रोजगार व्यवसायी संघका नाममा सिन्डिकेटको तगारो छ । सरकारले निःशुल्क भिसा र टिकटमा पठाउने भनेको छ, तर निर्माणमा जाने मजदुरसँग पनि लाखौँ असुलेर जम्मा १० हजारको कागज दिन्छन् । कामदारको स्वास्थ्य परीक्षण, तालिमदेखि भिसा प्रोसेसिङसम्म सिन्डिकेटधारीले ठग्ने गरेका छन् ।

बैंक : रोजगारी पाउनेले पनि पैसा कमाउन गाह्रो छ । तर, जसले बचत गर्छ ब्याजमा पनि बैंकहरूको सिन्डिकेट छ । केही समयअघि एनआइसी एसियाले निक्षेपमा १३.५ प्रतिशतसम्म ब्याज दिने घोषणा गरेको थियो, तर बैंकर्स एसोसिएसनले अन्तरबैंकिङ कारोबार नगर्ने भनेर एनआइसी एसियालाई एक्लो बनायो । एसोसिएसनको निर्णयलाई डेभलपमेन्ट बैंकर्स एसोसिएसनले पनि साथ दियो । राष्ट्र बैंकले समेत एसोसिएसनलाई नैतिक समर्थन दिएपछि एनआइसी एसियाले आफ्नो अफर फिर्ता ग-यो ।

निर्माण सामग्री : दुःखको बचतबाट तथा बैंकको ऋणबाट घर बनाउन तयार सर्वसाधारणले निर्माण सामग्री सस्तोमा किन्न पाउँदैनन् । हालै भूकम्पपछिको पुनर्निर्माणमा सिमेन्ट र रडको उच्च माग भएका वेला दुवै वस्तु उत्पादक संघले मूल्य बढाए । त्यस्तै, गिटी, ढुंगा तथा इँटाको मूल्यसमेत सम्बन्धित संघहरूले तोक्ने गर्छन् । त्यसमाथि तोकिएकोभन्दा सस्तोमा तथा उधारोमा बेची व्यवसायीलाई कारबाहीसमेत हुने गरेको छ ।

सुन : सुनको आयात तथा बिक्रीमा वाणिज्य बैंकहरू र सुनचाँदी व्यवसायी संघको सिन्डिकेट छ । नेपाल सुनचाँदी महासंघ, रत्न तथा आभूषण महासंघ, नेपाल हस्तकला महासंघ र नेपाल सुनचाँदी कला व्यवसायी संघले सुनको मूल्य तोक्छन् । व्यापारीले ज्यालामा सहुलियत दिएर बेच्न पाउँदैनन् ।

ढुवानी र ट्याक्सी : नेपाल ट्रक तथा ट्यांकर व्यवसायी महासंघ र त्यसअन्तर्गत ५० हजारभन्दा बढी ट्रक ट्यांकर आबद्ध छन्, जसबाट महासंघ दैनिक चार लाख रुपैयाँ उठाउने गरेको छ । ट्रक–ट्यांकरले चक्रप्रणाली लागू गरी मनलाग्दी भाडा तय गर्ने गरेका छन् ।

ट्रक–टयांकरको सिन्डिकेटले मूल्यवृद्धि दुई प्रतिशतले बढाएको एक अध्ययनले देखाएको छ । त्यस्तै, ट्याक्सीमा सरकारले प्रतिकिलोमिटर ३६ रुपैयाँ तोकेको छ । तर, अधिकांश ट्याक्सी मिटरमा जान मान्दैनन् । साथै, ट्याक्सी दर्तामा पनि व्यवसायीलाई अग्राधिकार दिने गरिएको छ ।

सिनेमा : चलचित्र क्षेत्रमा नेपाल चलचित्र संघ आबद्ध फिल्म हल सञ्चालकको मनोमानी छ । अहिले चलचित्र विकास बोर्डले बक्स अफिस लागू गर्न खोजेको छ । यसो भएमा हलमा बिक्री भएको प्रत्येक टिकटको जानकारी केन्द्रीय सर्भरमा जान्छ, चलचित्र निर्माताले लगानीको पारदर्शी रूपमा प्रतिफल पाउँछन् र राज्यले कर पाउँछ । तर, हल सञ्चालकले बक्स अफिसलाई अवरोध गरिरहेका छन् । यसको विरुद्धमा चलचित्र निर्माताहरू आन्दोलनमा छन् ।

तरकारी तथा मासु : मल–बिउको अभाव, खडेरीको मार सहेर उत्पादन गरेको कृषिउपजको मूल्य किसान आफैँले तोक्न पाउँदैनन् । बिचौलियाले केही घन्टामा १४० प्रतिशतसम्म नाफा खाएर फलपूmल तथा तरकारी उपभोक्तासम्म पु-याउँछन् । कुखुरा उत्पादन गर्ने साना किसान झन् मर्कामा छन् । मासु पसलेले सीधै किसानसँग कुखुरा किन्न पाउँदैनन् ।

किसानले उत्पादन गरेको कुखुराको मूल्य कोल्ड स्टोरले तोक्छ । किसानले कुखुरा पु-याउनासाथ कोल्ड स्टोरले तौल पनि गर्दैन । रातभरि भोकै राखेर अर्को दिन मात्र तौलिने गरेको किसानहरूको गुनासो छ ।

फलफूलको ताजा जुस बिक्री गर्ने पसलमा समेत कडा सिन्डिकेट छ । फलफूल तथा जुस खुद्रा व्यवसायी संघले सदस्यहरूलाई बिक्री दरको मूल्यसूची उल्लेख भएको बोर्ड उपलब्ध गराएको छ । सो मूल्यसूची केरमेट गरेर कम वा बढी भाउ निर्धारण गर्नेलाई संघले कारबाही गर्ने बोर्डमै लेखिएको छ ।

संघको मूल्यसूचीअनुसार अहिले प्रत्येक जुस पसलले अनार जुस दुई सय, उखु जुस ४०, हरियो अंगुर जुस एक सय ८०, कालो अंगुर जुस एक सय ३० रुपैयाँ प्रतिगिलास निर्धारण गरिएको छ । त्यस्तै मौसम, भुइँकटहर, मिक्स, सुन्तला, गाँजर जुस समान ८० रुपैयाँ प्रतिगिलास र लौका, आँप तथा आँपको लस्सी समान ७० रुपैयाँ प्रतिगिलास तोकिएको छ । मेवा र केराको लस्सी समान ६० रुपैयाँ प्रतिगिलास तोकिएको छ । स्याउ जुस एक सय र अनार तथा मौसमको मिक्स जुस १ सय रुपैयाँ प्रतिगिलास तोकिएको छ ।

एयरलाइन्स : नेपाल सरकारले आन्तरिक उडान गर्ने वायुसेवा कम्पनीहरूका लागि भाडाको न्यूनतम र अधिकतम सीमा तोकिदिएको छ । सोही सीमाका आधारमा वायुसेवा कम्पनीले मूल्य निर्धारण गरी भाडामा प्रतिस्पर्धा गर्छन् । तर, दुर्गम भेगको उडानमा वायुसेवा कम्पनीका स्थानीय कर्मचारी र पहुँचवालाको दादागिरी छ । त्यसको मारमा यात्रु पर्छन् ।

उदाहरणका लागि लुक्लाबाट काठमाडौं उड्नुपर्ने यात्रुले पहुँच पु-याउन सक्यो भने बिहान सबैभन्दा सुरु या दोस्रो/तेस्रो उडानसम्मको जहाजमा टिकट पाउँछ । पहुँच पुगेन भने ढिला उडान गर्ने समयको टिकट काटिदिन्छन् ।

सामान्यतया १०/११ बजेपछि मौसम बिग्रिएर उडान नहुने लुक्ला, सिमिकोट, मुगु, फाप्लुजस्ता विमानस्थलमा यात्रुले ढिला टिकट काट्दा बसाइ अवधि लम्ब्याउनुपर्ने हुन्छ । यस्तो काममा स्थानीय होटेल व्यवसायीको समेत मिलेमतो हुने गरेको छ ।

विदेशी र नेपालीका लागि आन्तरिक उडानमा भाडादर फरक पर्छ । सामान्यतया पर्यटकलाई डलरमा टिकट बिक्री गरिन्छ । त्यसकारण पर्यटकीय मौसममा पर्यटकको बढी भिड हुने गन्तव्यमा नेपालीले टिकट पाउन ठूलै पापड बेल्नुपर्छ ।

कपाल कटाइ : अहिले कपाल काटेको न्यूनतम सय रुपैयाँ र दाह्री काटेको ६० रुपैयाँ तिर्नुपर्छ । निर्धारित शुल्कभन्दा जति बढी लिए पनि नाईहरूलाई छुट छ, तर कम शुल्क लिए कारबाही हुन्छ ।

यस्तो कारबाहीवापत पाँच सयदेखि पाँच हजारसम्म जरिवाना हुन सक्छ । महिनाको अन्तिम मंगलबार एक घन्टा पसल बन्द नगरे पाँच हजारसम्म जरिवाना तिर्नुपर्छ । अन्यथा, नाई संघले सदस्यता निलम्बन र खारेजीसम्म गर्न सक्छ ।

नेपाल नाई संघका अध्यक्ष राजाराम ठाकुरका अनुसार संघमा देशभरमा ९२ हजार सदस्य छन् । काठमाडौंमा मात्र पाँच हजारभन्दा बढी सदस्य छन् ।

ज्योतिष पण्डित : ज्योतिष र पण्डित्याईं पेशामा पनि मनलाग्दी छ । जसले जति सक्यो, लुट्ने गरेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष माधव भट्टराई बताउँछन् । ‘चारवटा पत्रिकामा एकैदिन चारथरी राशिफल प्रकाशित हुन्छ । एउटै पूजाको दुई सयदेखि दुई लाखसम्म लिइदिेने पनि पण्डित छन् ।

कतिसम्म भने तपाईलाई शनीको वा कालसर्प दोष छ, यति हजारको यति लाखको पूजा गर्नुपर्छ, म आफै गरिदिन्छु र चन्दन पठाइदिन्छु भनेर पैसा असुल्ने पनि ज्योतिषी र पण्डित छन् । त्यो भन्दा बढी वेइमानी अरु के हुन सक्छ ?’ भट्टराई भन्छन् ।

उनले ज्योतिषी र पण्डितलाई आफ्नो पेशामा दक्ष हुन कुनै प्रमाणपत्र नै नचाइने गरेको बताए । धार्मिक कार्यक्रम आस्थासंग जोडिएको विषय हुनाले आस्थामाथि खेलवाड गरेर मर्कामा परेकालाई थप ठग्ने काम भएको छ ।

‘ज्योतिषी र पण्डितले गरेको कम पारदर्शी हुनुपर्छ, अनुगमन हुनुपर्छ र गतल गर्नेलाई दुरुत्साहन गर्नुपर्छ भनेर धेरै ठाउँमा आवाज उठाएँ, तर केही भएन,’ भट्टराई भन्छन् ।

उनको सुझाव छ, ‘यो क्षेत्रमा पनि मोनिटरिङ गर्ने निकाय चाहिन्छ । कसै न कसैले त यसक्षत्रमा व्याप्त विकृति नियन्त्रण नगरे मानिसमा हिन्दु धर्म र जोतिषशास्त्र प्रति नै वितृष्णा आउन सक्छ ।’

सार्वजनिक बस : सरकारले सिन्डिकेट खारेज गर्ने निर्णय नगर्दासम्म देशभर यातायात व्यवसायीको सिन्डिकेट कायम थियो । देशभरका तीन सय सातवटा शक्तिशाली यातायात समितिले आलोपालोमा सवारीसाधन चलाउँदै आएका थिए ।

त्यसले यात्रु उच्च भाडा तिर्नुको अतिरिक्त थोत्रा गाडीमा कष्टकर यात्रा गर्न बाध्य थिए । समितिहरू एनजिओका रूपमा दर्ता भएर करछली गर्दै आएका थिए । नयाँ गाडी किनेर यातायात सञ्चालन गर्न चाहनेलाई रोकिएको थियो, कसैले चलाइहाले भौतिक आक्रमण हुन्थ्यो ।

यातायात संघ वा समितिको सिफारिसविना सरकारले रुट परमिट दिँदैनथ्यो । सरकारले खर्बाैं लगानी गरेर बनाएका सडकमा यातायात व्यवसायीको रजाइँ थियो । सरकारले अब यातायात व्यवसायीलाई कम्पनीमा दर्ता हुने निर्णय गरेको छ ।

त्यस्तै, मुलुकभर सवारीसाधनको रुट परमिट पनि खुला गरेको छ । यसको विरुद्धमा आन्दोलनमा लागेका व्यवसायीलाई समातेर सिन्डिकेट नगर्ने कागज गराई छोडेको छ ।

तपाईको प्रतिक्रिया

04/05/2018

काठमाडौं : सिन्डीकेटविरुद्ध सरकारले चालेको कदमविरुद्ध यातयात व्यवसायीहरूले शुक्रबार देशभर गाडी बन्द गरेका छन्। लामाे तथा छाेटाे रुटका गाडी बन्द भएपछि सर्वसाधरण मारमा परेका छन्।

जिल्ला नगई नहुने काम भएर पनि बन्दकाे कारण अन्याेलमा पर्नु भएकाे छ भने नपर्नुस्। दु:ख सुख तपाईँकाे जिल्लामा जान सरकारले केही गाडीकाे व्यवस्था गरेकाे छ। 'याे सिन्डीकेट ताेड्ने अभियान हाे तर हामीले हाम्राे तर्फबाट गर्नुपर्ने काम गरेका छाैँ', यातायात व्यवस्था विभागका निर्देशक तुल्सीराम अर्यालले भने।

अर्यालका अनुसार काठमाडौं उपत्यकामा साझा, मयुर, शुभकामना, अन्नपूर्ण, बज्रबाराही लगायतका बस चल्नेछन्।

विभागले सिन्डीकेटविरुद्धमा सञ्चालन गरेका निजी गाडीलाई 'क्यू फ्री' जहाँ पनि चलाउन सक्ने व्यवस्था गरेकाे छ। हडतालमा गाडी चलाएकाे भनेर बढी भाडा भने लिन पाइने छैन।

कुन गाडी कहाँ जाँदै छन्?

भक्तपुर–काठमाडौं : शुुभकामना यातायात ।

काठमाडौं, चितवन र पोखरा : हरियो नम्बर प्लेटका टुरिस्ट बस।

काठमाडौं–जनकपुर : चुरिमाई यातायात।

सर्लाही–जनकपुर : रातुकमला यातायात।

इलाम– काँकडभिट्टा– भद्रपुर– धरान– विराटनगर– चतरा : साकिरा यातायातका बस।

सुर्खेत– नेपालगञ्ज–दैलेख–जाजरकोट : बुलबुले, देउती र नागरिक यातायातका बस।

काठमाडौं–रोल्पा : रोल्पा यातायातका बस।

काठमाडौं–प्युठान– नमस्ते प्यूठानका बस।

रोल्पा–नेपालगञ्ज– आशीर्वाद यातायातका बस।

रुकुम–काठमाडौं : रुकुम यातायात प्रालिका बस।

कोहलपुर– सुर्खेत– काठमाडौं : मेट्रो सर्भिसका बस।

बर्दिया– बुटवल– काठमाडौं : भेरी यातायातका बस।

अर्घाखाँची–बुटवल : लंका यातायातका बस।

काठमाडौं–दाङ– नेपालगञ्ज, रोल्पा स्मार्ट नेपालका बस।

दाङ–काठमाडौं : मालिका कालिका र सहारा यातायातका बस।

जानकारी को लागि सेयर लाइक अनिबाय ।

01/05/2018

अन्तराष्टिय मजदुर दिबसले नेपाल मा काम गरेर खान
पाइयोस ।बन्द हडताल अन्त होस । देसमा रोजगार
पाइयोस ।नेपाल मा पनि कामको सम्मान होस ।

30/04/2018
13/04/2018
05/04/2018

५००० बर्ष पहिले गरिएको यी भयानक १५ भबिष्यवाणी जुन पुरा हुदै गएका छन…

५००० बर्ष पहिले गरिएको यी भयानक १५ भबिष्यवाणी जुन पुरा हुदै गएका छन…
५००० बर्ष पहिले गरिएको यी भयानक १५ भबिष्यवाणी जुन पुरा हुदै गएका छन…

कलियुगका लागि भागवत पुराणमा बिभिन्न आश्चर्यजनक भबिष्यवाणीहरु गरिएकाछन्। संसारमा प्रलय आउने छ भनि बिभिन्न समयमा आउने हल्लाखल्ला हामीले नसुनेका छैनौं।

कालान्तरमा कुनै दिन हामी वरिपरिको वस्तुहरु रहने छैनन्, पृथ्वी वञ्जर हुनेछ। जीवको लागि आवश्यक पानी सुकेर जानेछ र पृथ्वी केवल ढुङ्गा र माटोको पिण्ड रहनेछ। तर सत्य के हो, त्यो कतै लेखिएको छैन न त कुनै भबिष्यवाणीले नै मान्न सकिने गरि सत्य बताएको छ।

वैज्ञानिक तवरमा हेर्ने हो भने, अधिकांश बिकसित देशहरु भने दिनानु दिन पृथ्वीको विनाश तर्फ उन्मुख छन्।

हिन्दु ग्रन्थहरुमा पृथ्वीको बिनास कलियुगमा हुनेछ भनि बिभिन्न अवस्थामा उल्लेख गरेको पाइन्छ। भागवत पुराणको अन्तिम श्लोकले पृथ्वीको भबिष्यको ठुलो रहस्य बताएको भने छ। करिब ५००० वर्ष अघि वेदव्यासले पृथ्वीको बारेमा बिभिन्न भबिष्यवाणी उल्लेख गरेका छन्।

भागवत पुराणमा गरिएका १५ भविष्यवाणी जुन पुरा पनि भइरहेका छन।

भबिष्यवाणी १

धर्म, सत्यता, स्वच्छता, सहिष्णुता, दया, उमेर, शारीरिक बल तथा सम्झने शक्ति दिनानु दिन कलिको प्रभावले घट्दै जानेछ।

श्रीमद् भागवत् १२-२-१।

भबिष्यवाणी २

कलियुगमा केवल ‘धन’ मात्र मानिसको राम्रो जन्म, उचित व्यवहार र असल गुणको आधार मानिनेछ। कानुन र न्याय मानिसको शक्तिको आधारमा लागु हुनेछ।

श्रीमद् भागवत् १२-२-२।

भबिष्यवाणी ३

पुरष र महिला केबल सतही आकर्षणको कारणले गर्दा मात्र मिलेर बस्नेछन। व्यापार र सफलता केवल छलमा निर्भर हुनेछ। पुरुषत्व केवल शारीरिक सम्पर्कको अनुभवको आधारमा मापन गरिनेछ र मानिस एउटा डोरो बाधेको आधारमा ब्राह्मण कहलिनेछ।

श्रीमद् भागवत् १२-२-३।

भबिष्यवाणी ४

व्यक्तिको आध्यात्मिक स्थिति बाहिरी चिज तथा वस्तुहरुमै निर्भर हुनेछ र यहि आधारमै व्यक्तिको आध्यात्म परिवर्तन हुनेछ। जीविकोपार्जन राम्रो गर्न सकेन भने व्यक्तिको मर्यादामा प्रश्न उठ्नेछ। जो धेरै शब्दहरुमा खेल्न सक्छ र गफ हाँक्न सक्छ, उ नै सबैभन्दा विद्वान ठहरिनेछ।

श्रीमद् भागवत् १२-२-४।

भबिष्यवाणी ५

कुनै व्यक्तिसंग धन छैन भने उ अधर्मी मानिनेछ। छल र कपटलाइ सद्गुण मानिनेछ। केवल मौखिक सहमतिले विवाह गरिनेछ, र कसैले स्नान मात्र गरेको छ भने सोच्ने छ कि उ सार्वजनिक रुपमा अरुको अगाडी आउन लायक छ।

श्रीमद् भागवत् १२-२-५।

भबिष्यवाणी ६

एक पवित्र स्थान केवल टाढा रहेको पानीको कुण्डमा सिमित हुनेछ र सौन्दर्य कसैको कपालमा छ भन्ने सोचिनेछ। भुडि भर्ने जीवको लक्ष हुनेछ र जो कठोर छ उ नै सत्यवादी कहलिनेछ। जसले परिवार पाल्न सक्छ उ विशेषज्ञ मानिनेछ र धर्मका सिद्धान्त प्रतिष्ठा जोगाउनको लागि मात्र पालना गरिनेछ।

श्रीमद् भागवत् १२-२-६।

भबिष्यवाणी ७

जब पृथ्वी यसरी भ्रष्ट मानिसहरुले भरिन्छ तब ती व्यक्तिहरु मध्य जसले आफुलाइ शक्तिशाली देखाउन सक्छ उसले राजनैतिक शक्ति पाउने छ।

श्रीमद् भागवत् १२-२-७।

भबिष्यवाणी ८

अनिकाल र अत्याधिक करको कारण मानिसहरु पात, जरा, मासु, जंगली मह, फल, फूल र बीउ खान बाध्य हुनेछन्। खडेरीले गर्दा सबैकुरा बर्बाद हुनेछ।

श्रीमद् भागवत् १२-२-९।

भबिष्यवाणी ९

मानिसहरु चिसो, हावाहुरी, तापक्रमको बृद्धी, बर्षा तथा हिउँबाट प्रभावित हुनेछन्। यसको साथै आपसी झगडा, भोक, प्यास, रोग तथा चिन्ता तथा थकाइको सिकार हुनेछन।

श्रीमद् भागवत् १२-२-१०।

भबिष्यवाणी १०

कलियुगको लागि मानिसको उच्चतम उमेर ५० बर्ष हुनेछ।

श्रीमद् भागवत् १२-२-११।

भबिष्यवाणी ११

मानिसहरुले अब आफ्ना वृद्ध आमाबुबाको रक्षा गर्ने छैनन।

श्रीमद् भागवत् १२-२-१२।

भबिष्यवाणी १२
कलियुगमा मानिसहरुले केहि सिक्काको लागि मात्र पनि क्रोध पैदा गर्नेछन। सबै मित्रवत् सम्बन्धलाइ त्याग्नेछन् र आफ्नो र अरुको ज्यान लिनको लागि तयार हुनेछन्।

श्रीमद् भागवत् १२-३-४१।

भबिष्यवाणी १३

संकार नभएका मानिसहरुले भगवानको लागि भनि दान स्वीकार गर्नेछन् जसलाइ धर्म र संस्कृतिको बारेमा ज्ञान हुदैन उनै सबैभन्दा अग्लो कुर्सीमा बसेर धार्मिक प्रवचन दिनेछ।

श्रीमद् भागवत् १२-३-३८।

भबिष्यवाणी १४

सेवकहरुले उसको मालिकको धन सकिए पछि छाड्नेछन् चाहे त्यो मालिक सन्त र उदाहरणीय व्यक्ति नै किन नहोस्। मालिकले परिवारमा पुस्तौबाट रहदैआएका सेवकहरु अशक्त भएमा परित्याग गर्नेछन। जब दुध दिन छोड्दछन् तब गाइहरु वेवारिसे छिडिनेछन वा मारिनेछन्।

श्रीमद् भागवत् १२-३-३६।

भबिष्यवाणी १५

सहरहरु चोर तथा फटाहहरुले लिनेछन। वेद नास्तिकहरुको गलत व्याख्याले भरिनेछ। राजनैतिक नेताहरुले विस्तारै जनता भस्म पार्नेछन्। पंण्डित तथा बुद्धिजीवीहरु पेट तथा जनेन्द्रियका भक्त हुनेछन।

सेयर गर्नुहोस

28/03/2018

सन्ध्याकालिन आरती ... हिन्दु धर्मावलम्बीकोहरुको पबित्र तिर्थस्थल आराध्यदेब महादेव बिराजमान पशुपतिनाथ मन्दिर पर...

यहा    बाटो    साहै   डर   लागदो   छ । यश   ठाउमा   बाटो   अत्यत    सागुरो   छ । यश   बाटोमा   हिडने  यातुलाइ  बचाउने   ...
28/03/2018

यहा बाटो साहै डर लागदो छ । यश ठाउमा बाटो
अत्यत सागुरो छ । यश बाटोमा हिडने यातुलाइ
बचाउने सुपा देउराली हुन । जो कहि पनि अनुमान लगाउन सकिन्छ । तपाईं एक दिन भए पनि जानै पने ठाउ हो ।

अर्घाखांची जिल्लाको प्रसिद्ध धार्मिक र एेतिहासिक देउराली भगवतिको दर्शन गरौं मनोकामना पुरा गरौं ।

चैते दशैंको शुभकामना         हामी नेपाली आफ्नै मौलिक संस्कार र संस्कृतिमा रमाउने मान्छे, हामी विभिन्न रितिरिवाज, संस्कार...
25/03/2018

चैते दशैंको शुभकामना
हामी नेपाली आफ्नै मौलिक संस्कार र संस्कृतिमा रमाउने मान्छे, हामी विभिन्न रितिरिवाज, संस्कार, संस्कृति र चाडपर्वहरुका धनी छौं । यसैगरि आजको दिन चैते दशैं अर्थात दशमी को दिन देशै भरी आ-आफ्नो गच्छे अनुसार मनाउने गरिन्छ ।
बुढापाकाहरुको किंवदन्तीलाई आधार मान्ने हो भने यो दशैं आश्विन वा कार्तिकमा पर्ने बडा दशैं भन्दा धुमधामका साथ मान्ने गरिथ्यो तर समय, हावापानी र फुर्सद हेरि यस दशैंलाई सारिएको हो ।
सालभरमा एकपटक आउनुपर्ने यस दशैं २०७४साल दिनमा सपुर्ण देश बिदेशमा छरिएर रहनुहुने नेपाली आमाबुबा, दाजुभाइ तथा दिदिबहिनीहरुमा यस चैते दशैंको मंगलमय शुभकामना ब्यक्त गर्दछु ।

Address

Kathmandu

Telephone

9869374543

Website

Alerts

Be the first to know and let us send you an email when Ktm posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share