14/04/2026
नयाँ वर्ष २०८३
सुख, शान्ती, समृद्धि
उन्नती र प्रगती
नहोस अब कसैको
बयासी कै दुर्गती ।
नयाँ विचार, जोश जागर,
उत्साह त्यो बोकी,
युवा सरकार आएको छ,
जनताकै हो कि?
राष्ट्र सत्ता सञ्चालनमा
वृद्धि, विवेक पुर्याऔँ,
जनतालाई अनुशासित
आत्मनिर्भर बनाऔँ।
जनताहरू अकालमै
मर्ने दिन नआओस्,
भोकमारी, अभावले
ज्यान पनि नजाओस्।
अन्याय र अत्याचारको
बाटो बन्द गरौँ,
सुशासन र समृद्धिको
अमृत पनि छरौँ।
स्वास्थ्य, शिक्षा, रोजगारीमा
अवसरहरू आउन्,
सबैजना मिलीजुली
सँगै अघि जाऔँ।
छोरी, चेलीबेटीहरूको
उच्च सम्मान रहोस्,
वृद्ध बाबाआमाको हेरचाहमा
सबैको ध्यान जाओस्।
जन्मभूमि, कर्मभूमि, मातृभूमि हाम्रो,
अटल रहोस् नेपाल हाम्रो, बनोस् अझ राम्रो।
त्रियासीमा सबैजना सृजनशील बनौँ,
उन्नति र प्रगतिका बाटो पनि खनौँ,
सफलताको शिखर चुम्न सक्षम पनि बनौँ।
नयाँ बर्ष २०८३ सालको पुनित अवसरमा हाम्रा सम्पूर्ण ग्राहकवर्ग, इष्टमित्र, शुभचिन्तक एवं सम्पूर्ण देश विदेशमा रहनु बस्नु भएका सम्पूर्ण नेपालीहरूमा सुख शान्ती समृद्धि उत्रोत्तर प्रगतीको हार्दिक हार्दिक मंगमय शुभकामना ।