Hamro Online News / हाम्रो अन्लाईन न्युज

  • Home
  • Nepal
  • Biratnagar
  • Hamro Online News / हाम्रो अन्लाईन न्युज

Hamro Online News  / हाम्रो अन्लाईन न्युज ONLINE NEWS CHANNEL cloths online delivery

नारायणी रंगशाला बालेन सरकारको प्राथमिकतामा छ । नारायणी रंगशाला र नारायणी बहुउद्देश्यीय कबडहलको लागि खेलकुद मन्त्रालयले स...
12/06/2026

नारायणी रंगशाला बालेन सरकारको प्राथमिकतामा छ । नारायणी रंगशाला र नारायणी बहुउद्देश्यीय कबडहलको लागि खेलकुद मन्त्रालयले साढे बार् करोड र पुर्बाधार बिकाश मन्त्रालयले फ्लड लाइट जडान सहित स्तर उन्नतिको लागि थप तीन करोड गरि साढे १५ करोड बजेट छुट्याइएको छ । निति तथा कार्यक्रम र बजेट भाषण हुँदै गर्दा माननिय हरि पन्त ज्युले धेरै आवाज उठाउनु भाको थियो । धन्यवाद माननिय अर्थमन्त्री डा स्वर्णिम वाग्ले ज्यु र पर्सा क्षेत्र नं १ का सांसद मा. बुद्धि प्रसाद पन्त(हरि पन्त) ज्यु ।।।।

29/04/2026

राष्ट्रिय स्वतन्त्र पार्टी पर्साको आयोजनामा यही वैशाख १९ गते शनिबार बीरगंज स्थित क्लासिक ब्यानक्युट पार्टी प्यालेसमा खुला रक्तदान कार्यक्रम आयोजना हुने भएको छ।
उक्त कार्यक्रममा सहभागी भई रक्तदान जस्तो पुण्य कार्यमा योगदान दिन सम्पूर्ण सर्वसाधारणलाई पर्सा क्षेत्र नं. १ का सांसद माननिय हरि पन्त ज्युले अनुरोध गर्नुभएको छ।
सांसद पन्तले रक्तदानले जीवन बचाउने महत्वपूर्ण कार्य भएकाले सबैले सक्रिय सहभागिता जनाउनुपर्ने बताउनुभएको छ।
कार्यक्रममा स्थानीय नागरिक, युवाहरू तथा सरोकारवाला निकायहरूको उल्लेखनिय सहभागिता रहने अपेक्षा गरिएको छ।

सौरभ वर्णवालको नेतृत्वमा औषधि बिक्री प्रतिनिधि संघ वीरगंजको नयाँ कार्यसमिति निर्वाचित
12/04/2026

सौरभ वर्णवालको नेतृत्वमा औषधि बिक्री प्रतिनिधि संघ वीरगंजको नयाँ कार्यसमिति निर्वाचित

Big News😮: नेपाल सरकारले लामो समयदेखि बन्द अवस्थामा रहेका सातवटा ठूला सरकारी उद्योगहरूलाई सार्वजनिक-निजी साझेदारी (PPP) ...
12/04/2026

Big News😮: नेपाल सरकारले लामो समयदेखि बन्द अवस्थामा रहेका सातवटा ठूला सरकारी उद्योगहरूलाई सार्वजनिक-निजी साझेदारी (PPP) मोडलमा पुनः सञ्चालन गर्ने प्रक्रिया सुरु गरेको छ।

अर्थ मन्त्रालयले पहिलो चरणमा निम्न सातवटा उद्योगहरूको विस्तृत लेखापरीक्षण (Audit) र मूल्यांकन कार्य सुरु गरेको छ:
१. गोरखकाली रबर उद्योग
२. जनकपुर चुरोट कारखाना
३. बुटवल धागो कारखाना
४. नेपाल मेटल कम्पनी
५. नेपाल ओरिण्ड एण्ड म्याग्नेसाइट
६. हेटौडा कपडा उद्योग
७. उदयपुर सिमेन्ट उद्योग

12/04/2026

वीरगंज प्रिमियर लिग सिजन–३ सम्पन्न, वीरगंज इन्फर्नो रेडर्स बने च्याम्पियन
वीरगंजमा आयोजित वीरगंज प्रिमियर लिग (BPL) सिजन–३ को भव्य समापन समारोह आज सफलतापूर्वक सम्पन्न भएको छ। 2082 चैत १७ गते (मार्च 31) देखि सुरु भएको यो डे–नाइट सफ्टबल क्रिकेट प्रतियोगिता 2082 चैत २८ गते (अप्रिल 11) मा समापन गरिएको हो।
यस प्रतियोगिताको टाइटल स्पोन्सर “बडी भाइब (Body Vibe)” रहेको थियो भने सम्पूर्ण कार्यक्रमको आयोजना टिम आदर्शनगर (Team Adarshnagar) द्वारा गरिएको हो।
समापन समारोहका प्रमुख अतिथि माननीय सांसद श्री हरि पन्त रहनु भएको थियो । उहाँले प्रतियोगिताको सफल आयोजनाको प्रशंसा गर्दै खेलकुदले युवाहरूमा अनुशासन, एकता र नेतृत्व विकास गर्ने बताउनुभयो। त्यसैगरी विशिस्ट अतिथिहरूमा रास्वपा बिरगंज महानगर सभापति अमन आलम , रास्वपा महानगर सचिव गौतम श्रेष्ठ ।
प्रतियोगिताको फाइनल खेल सराफ एण्ड सन्स र वीरगंज इन्फर्नो रेडर्स बीच सम्पन्न भएको थियो। रोमाञ्चक प्रतिस्पर्धापछि वीरगंज इन्फर्नो रेडर्स ले उत्कृष्ट प्रदर्शन गर्दै यस सिजनको उपाधि जित्न सफल भयो।
प्रतियोगिताभर विभिन्न टोलीहरूले उत्कृष्ट खेल प्रदर्शन गरेका थिए भने दर्शकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। आयोजक टिम आदर्शनगर ले यस प्रतियोगितालाई सफल बनाउन सहयोग गर्ने सम्पूर्ण प्रायोजक, खेलाडी, तथा दर्शकहरूलाई धन्यवाद व्यक्त गरेको छ।
समग्रमा, वीरगंज प्रिमियर लिग सिजन–३ सफलतापूर्वक सम्पन्न भई वीरगंज क्षेत्रको क्रिकेट विकासमा महत्वपूर्ण योगदान पुर्‍याएको छ।

अभिभावक संघ पर्सा द्वारा रक्तदान कार्यक्रम आयोजना , ५१ जनाले गरे रक्तदान । चैत्र २८ बिरगंज । अभिभावक संघ पर्साले बिरगंजक...
11/04/2026

अभिभावक संघ पर्सा द्वारा रक्तदान कार्यक्रम आयोजना , ५१ जनाले गरे रक्तदान ।
चैत्र २८ बिरगंज । अभिभावक संघ पर्साले बिरगंजको मुर्लो चोकमा चौथो पटक आयोजना गरेको बृहत रक्तदान कार्यक्रममा ५ महिला सहित ५१ जनाले रक्तदान गरेका छन ।
अभिभावक संघका अध्यक्ष संदिप साहको अध्यक्षता एवं पर्सा क्षेत्र नम्बर २ का प्रतिनिधीसभा सदस्य सांसद सुशील साह कानुको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा विशिस्ट अतिथिहरू रास्वपा बिरगंज महानगर सभापति अमन आलम , रास्वपा महानगर सचिव गौतम श्रेष्ठ ,नेपाल रेडक्रस सोसाइटी पर्साका अध्यक्ष बृजकिशोर पटेल, शाश्वत बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष मुन्ना सर्राफ, डा. प्रीति यादव, सामाजिक अभियन्ता प्रकाश थारु,बिरगंज कपडा बैंकका अध्यक्ष लालबाबु सिंह , बिरगंज युवा समाजका अध्यक्ष सन्जिव थापा, मानवसेवा आश्रमका देवेस गुप्ता, इनोभेटिभ सोसाइटीका अध्यक्ष कमल चौलागाईं, असेश्वर पटेल, राजेन्द्र भट्टराई, पत्रकारहरु आनन्द पटेल , जाकिर हुसेन लगायत अभिभावक संघका पदाधिकारी सदस्यहरूको साथै स्थानिय अग्रज,महिला, युवाहरुको बाक्लो सहभागिता रहेको संघका कोषाध्यक्ष कन्हैया पटेलले बताए ।
सो रक्तदान कार्यक्रमका प्रमुख अतिथि सान्सद कानुले बिरगंजमा रगतको कमि भएको समयमा रक्तदान कार्यक्रमको आयोजना गरेकोमा अभिभावक संघ पर्सा परिवारको मुरि मुरि प्रसंशा गर्दै रक्तदान भनेको दिनेलाइ केही घाटा हुदैन र लिने को त जीवन नै बाच्ने भएकोले हामी सबैले प्रत्येक ३ तीन महिनामा रक्तदान गरि कसैको जिवन जोगाएर मानवता बलियो बनाउन आग्रह गर्दै आफ्नो शरीरको अमुल्य अन्श रगतदान गर्ने सम्पुर्ण रक्तदाताहरु प्रती आभार ब्यक्त गरेका थिए ।
सो अवसरमा रक्तदाताहरु लाइ शाश्वत बचत तथा ऋण सहकारी संस्थाले कार्यक्रममा फलफूल तथा टिसर्ट सहयोग प्रदान गरेको थियो।
रक्तसञ्चार केन्द्र बिरगंजका प्रमुख सौरभ पाण्डेको नेतृत्वको टिमले रक्तदाताहरुलाइ रक्तदान गर्न सघाएका थिए भने नर्सिङ क्याम्पस बिरगंजका नर्सहरूले स्वास्थ्य सम्बन्धि सहयोग प्रदान गरेका थिए।
सो अवसरमा संघका अध्यक्ष साहले छोटो समयको निमन्त्रणा स्विकारेर रक्तदान गरि मानवता बलियो बनाउने सम्पुर्ण रक्तदाता एवं प्रमुख अतिथी अतिथी , सहयोगी हातहरुलाइ हार्दिक आभार व्यक्त गरेका थिए ।

संचारमन्त्री बिक्रम तिमिल्सिनाले टेलिकमको डाटा सकिएपछि पैसा काट्ने नियम बन्द गरेसंगै उनको सबैतिर प्रशंसा भएको छ  ।
08/04/2026

संचारमन्त्री बिक्रम तिमिल्सिनाले टेलिकमको डाटा सकिएपछि पैसा काट्ने नियम बन्द गरेसंगै उनको सबैतिर प्रशंसा भएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वीरगञ्ज महानगर कमिटीका पदाधिकारीहरूले वडा नं. १८ भवानिपुरमा अगुवा कार्यकर्ताहरूसँग ...
08/04/2026

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वीरगञ्ज महानगर कमिटीका पदाधिकारीहरूले वडा नं. १८ भवानिपुरमा अगुवा कार्यकर्ताहरूसँग भेटघाट गरी समसामयिक राजनीतिक विषयमा चिया चर्चा गरेका छन्। रास्वपाका आधिकारिक व्यक्तिहरूले उक्त भेटघाटमा कार्यकर्ताहरूका सुझाव सङ्कलन गर्नुका साथै स्थानीय समस्याहरूबारे छलफल गरेका हुन्।

भेटघाटको मुख्य उद्देश्यहरू:
कार्यकर्ता भेटघाट: स्थानीय स्तरमा सङ्गठन सुदृढीकरण गर्ने।
चियामा चर्चा: स्थानीय समस्या, सुशासन र पार्टीको एजेन्डाबारे छलफल।
सुझाव सङ्कलन: वडा स्तरमा रास्वपाको गतिविधि बढाउनका लागि राय लिने।

यो भेटघाटले रास्वपालाई स्थानीयस्तरमा थप क्रियाशील र जनमुखी बनाउने लक्ष्य राखेको देखिन्छ।

दुई वर्षभन्दा बढी समयदेखि जारी इजरायलको आक्रमण र मानवीय सहायताको अभावले यहाँ जनजीवन विकराल छ ।  👉
14/01/2026

दुई वर्षभन्दा बढी समयदेखि जारी इजरायलको आक्रमण र मानवीय सहायताको अभावले यहाँ जनजीवन विकराल छ ।
👉

झापामा एमालेका मान्छेले नै  बालेनलाई भोट हाल्ने मिलन पाण्डेको दाबी
14/01/2026

झापामा एमालेका मान्छेले नै बालेनलाई भोट हाल्ने मिलन पाण्डेको दाबी

Address

Biratnagar , Itahari , Dharan , Birgunj, Jhapa, Janakpur, Hetauda, Gaur, Kathmandu, Neapl
Biratnagar
0977

Alerts

Be the first to know and let us send you an email when Hamro Online News / हाम्रो अन्लाईन न्युज posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Hamro Online News / हाम्रो अन्लाईन न्युज:

Share