Rhenock First

Rhenock First MEDIA (NEWS, INFORMATION & ENTERTAINMENT)

22/08/2026

सञ्चवारे हाट 🛍️🌿

रिनोक बजार, पाकिम जिल्ला, पूर्व सिक्किममा लाग्ने सञ्चवारे हाट—स्थानीय किसान, व्यापारी र उपभोक्तालाई जोड्ने हाम्रो आफ्नै मौलिक बजार परम्परा। 🌱🧺

स्थानीय उत्पादनको प्रवर्द्धन, किसानको मेहनतको सम्मान र गाउँघरको आर्थिक गतिविधिलाई जीवन्त बनाउने एउटा सुन्दर प्रयास।

स्थानीय उत्पादन किनौँ, स्थानीय किसानलाई साथ दिऔँ। ❤️

📍 सञ्चवारे हाट, रिनोक बजार, पाकिम जिल्ला, सिक्किम
🎥 RHENOCK FIRST | News, Information & Entertainment

22/08/2026

🌱 मेहनत गर्ने किसानलाई सरकारको साथ—अर्ग्यानिक खेतीतर्फ एक प्रेरणादायी कदम

“गर्छु र गरिखान्छु” भन्ने सोचका साथ आफ्नै माटोमा मेहनत गर्ने किसानहरूलाई प्रोत्साहन र आवश्यक सहयोग उपलब्ध गराउनु कृषि विकासको महत्वपूर्ण आधार हो।

रिनोक ब्लकअन्तर्गत मिडल आरिटाका प्रगतिशील किसान श्री किरण कुमार प्रधानले सरकारी सहयोग तथा प्राविधिक मार्गदर्शनको सदुपयोग गर्दै आफ्नो बारीमा विभिन्न प्रकारका सागसब्जी तथा अन्य कृषि उत्पादनहरू व्यापक रूपमा खेती गर्दै आउनुभएको छ। उहाँको मेहनत, लगनशीलता र कृषिप्रतिको समर्पण वास्तवमै प्रेरणादायी छ। 🌿

किसानलाई आवश्यक प्राविधिक ज्ञान, मार्गदर्शन तथा सहयोगका लागि हर्टिकल्चर विभागकी SDO म्याडम किशोरी शर्मा र ATM श्री अमित छेत्रीको उपस्थितिमा अर्ग्यानिक तथा व्यावसायिक खेतीका विषयमा छोटो अन्तरक्रिया पनि गरियो।

किसानको मेहनत र सरकारको सहयोगबीचको यस्तो सहकार्यले दिगो कृषि, आत्मनिर्भरता र समृद्ध किसान निर्माण गर्न महत्वपूर्ण भूमिका खेल्न सक्छ।

🎥 यस भिडियोमा किसान श्री किरण कुमार प्रधानसँग गरिएको छोटो अन्तरवार्ता तथा अर्ग्यानिक खेतीसम्बन्धी कुराकानी प्रस्तुत गरिएको छ।

किसानको मेहनतलाई सम्मान गरौँ।
माटोलाई माया गरौँ।
कृषिलाई व्यवसाय बनाऔँ। 🌱

21/08/2026



कहिलेकाहीँ पुराना यादहरूले मनलाई फेरि त्यही समयतिर फर्काइदिन्छन्। ❤️

यो भिडियो मैले आजभन्दा करिब १०–१५ वर्षअघि, फेसबुक सुरुका दिनहरूमा नै भेटेको थिएँ। त्यतिबेला मन परेर सेभ गरेर राखेको यो भिडियो आज अचानक मेरो Memory मा भेटिएपछि फेरि हेर्ने मौका पाएँ र मन छोयो। त्यसैले तपाईँहरूसँग पनि सेयर गर्न मन लाग्यो।

जहाँसम्म मलाई लाग्छ, यो भिडियो दार्जिलिङ अथवा कर्सियङतिरको हुन सक्छ। ठ्याक्कै स्थान भने यकिन छैन।

हाम्रो गाउँघरमा पनि यस्ता एक–दुई जना व्यक्तित्व अवश्य हुन्छन्—बिन्दास, हँसिला, अरूलाई पनि हँसाउन सक्ने, गीत गाउने, रमाइलो गर्ने र आफ्नो जीवनलाई खुलेर बाँच्ने। 😊

सायद यस्ता मानिसहरूबाट हामीले एउटा ठूलो कुरा सिक्न सक्छौँ—जीवनमा समस्या सबैको हुन्छ, तर समस्याकै बीचमा पनि खुसी हुन सिक्नुपर्छ।

जीवन भनेको केवल दुःख, चिन्ता र संघर्षको नाम होइन। कहिलेकाहीँ सबै कुरा बिर्सेर हाँस्नुपर्छ, रमाउनुपर्छ र आफ्नो जीवनलाई खुलेर ‘FULL OF ENJOY’ बाँच्नुपर्छ। ❤️

म पनि यही धारणामा विश्वास गर्छु—
समस्या आउँछन्, जान्छन्; तर जीवन फेरि फर्केर आउँदैन। त्यसैले हाँसौँ, रमाऔँ र खुसी भएर बाँचौँ।

यदि यो भिडियोले तपाईंको मन पनि छोयो भने, एकपटक हेर्नुहोला। मन परे Like, Comment र Share गरिदिनुहोला। 🙏❤️

21/08/2026



🌱 प्रगतिशील किसानसँग विशेष अन्तरक्रिया

रिनोक ब्लक, किङ्गस्टोन, आरीटार जीपीका प्रगतिशील किसान तथा गौरी नारायण प्रधान अर्ग्यानिक फार्मका सञ्चालक श्री गौरी नारायण प्रधानज्यूसँग विशेष अन्तरक्रिया।

यस क्रममा उहाँको जैविक खेतीप्रतिको अनुभव, नवीन कृषि प्रविधि, मेहनत, उपलब्धि तथा दिगो कृषिप्रतिको दृष्टिकोण बारे जानकारी लिने अवसर प्राप्त भयो।

कृषिलाई आधुनिक, आत्मनिर्भर र दिगो बनाउने दिशामा उहाँको प्रयास वास्तवमै प्रेरणादायी छ। 🌿

किसानको मेहनत — समृद्ध कृषिको आधार।

🌿 Organic Farming | Sustainable Agriculture | Progressive Farmer | Sikkim

  🕊️ शुद्ध कार्य सूचनाअत्यन्त दुःखका साथ सूचित गरिन्छ कि स्वर्गीय मोहन कुमार दर्जीको मिति १९ अगस्त २०२६ मा दुःखद निधन भए...
21/08/2026



🕊️ शुद्ध कार्य सूचना

अत्यन्त दुःखका साथ सूचित गरिन्छ कि स्वर्गीय मोहन कुमार दर्जीको मिति १९ अगस्त २०२६ मा दुःखद निधन भएको हुँदा उहाँको आत्माको चिरशान्तिको कामना गर्दै शुद्ध कार्य/काजक्रिया मिति ३१ अगस्त २०२६ का दिन क्याम्पिङ ग्राउण्ड, रिनोकमा सम्पन्न हुने जानकारी गराइन्छ।

यस दुःखद घडीमा सम्पूर्ण आफन्तजन, इष्टमित्र तथा शुभेच्छुकहरूलाई उपस्थित भई दिवंगत आत्माप्रति श्रद्धाञ्जली अर्पण गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौँ।

शोकसन्तप्त परिवार:
दिलीप कुमार दर्जी — भतिजा (9641979254)
राजु दाजु — भतिजा (8348115857 )
कविता दर्जी — छोरी (8116059632)
सीता दर्जी — छोरी (7047876397)

स्वर्गीय मोहन कुमार दर्जीप्रति भावपूर्ण श्रद्धाञ्जली। 🙏
🪔 ॐ शान्ति।

21/08/2026



🌱 South India’s Farmers, Researchers & Scientists Visit Rhenock Block, Aritra GPU to Study Sikkim’s Organic Farming Model!

From Tamil Nadu to Puducherry, 20-member delegation explores Sikkim’s successful organic and integrated farming practices. 🇮🇳🌿

20/08/2026

मेरो जन्मदिनमा प्राप्त माया, सम्मान र आशीर्वादप्रति हार्दिक आभार ❤️🙏

जन्मदिन हाम्रो जीवनको वर्षभरिकै सबैभन्दा खुसीको एउटा विशेष पल हो। यस विशेष दिनमा परिवार, आफन्त, इष्टमित्र, साथीभाइ, शुभचिन्तक तथा प्रियजनहरूले दिनुभएको जन्मदिनको शुभकामना, माया, आशीर्वाद र आत्मीयताले मन अत्यन्तै भावुक र खुसी बनेको छ। ❤️

विशेष रूपमा आज मेरो जन्मदिनको अवसरमा हजारे ब्रदर्स अर्ग्यानिक फार्म, आइतबारे मा मलाई सम्झेर विशेष रूपमा जन्मदिन मनाइदिनुका साथै सम्मान, शुभकामना र उहाँहरूको आफ्नै फार्ममा उत्पादन भएका मायाका उपहारहरू प्रदान गर्नुभएकोमा मेरा प्रिय भाई अमित क्षेत्री, Technical Manager, आत्मा प्रति हृदयदेखि नै Heartiest Thanks व्यक्त गर्न चाहन्छु। 🙏❤️

साथै, अर्ग्यानिक फार्मिङको क्षेत्रमा रिनोकदेखि सिक्किम हुँदै भारतभरि आफ्नो छुट्टै पहिचान बनाउन सफल हजारे ब्रदर्स अर्ग्यानिक फार्म परिवारप्रति पनि धेरै–धेरै आभार व्यक्त गर्दछु। आफ्नो व्यस्तताका बीच मेरो जन्मदिनलाई सम्झेर यसरी माया, सम्मान र आत्मीयता दिनुभएको क्षण मेरो लागि सधैँ अविस्मरणीय रहनेछ। 🙏🌱

आज मैले पाएको यो सम्मान केवल राजीव प्रधान पारालाई गरिएको सम्मान होइन; यो RHENOCK FIRST प्रति तपाईंहरूले देखाउनुभएको माया, विश्वास र समर्थनको सम्मान पनि हो भन्ने मैले महसुस गरेको छु।

मेरो एउटा सपना छ—
“रिनोकलाई बुझ्न चाहने जो–कोहीले RHENOCK FIRST हेरेर रिनोकलाई बुझ्न सकोस्।”

रिनोकको इतिहास के थियो?
यहाँको संस्कृति, परम्परा र पहिचान के हो?
रिनोकमा के–कस्ता सम्भावनाहरू छन्?
आज रिनोकमा के हुँदैछ?
रिनोकमा रहेका प्रतिभा, पर्यटन, कृषि, कला, साहित्य, समाज र विकासका कथा के–के हुन्?

यी सबै कुरालाई दस्तावेज गर्दै RHENOCK FIRST लाई रिनोकको आवाज, पहिचान र ऐतिहासिक दस्तावेजको एउटा विश्वसनीय माध्यम बनाउने मेरो निरन्तर प्रयास रहनेछ।

आजको दिनमा तपाईंहरूले दिनुभएको माया र सम्मानले मेरो यो यात्रालाई अझ ठूलो ऊर्जा दिएको छ। आगामी दिनमा पनि तपाईंहरूको निरन्तर माया, विश्वास, सुझाव र साथको अपेक्षा गर्दछु।

म अझ राम्रो काम गर्न सकूँ, सफल हुन सकूँ र RHENOCK FIRST लाई अझ अगाडि बढाउन सकूँ—यही मेरो प्रयास रहनेछ।

मेरो जन्मदिनमा प्रत्यक्ष तथा सामाजिक सञ्जालमार्फत शुभकामना दिनुहुने सम्पूर्ण प्रियजन, आफन्त, साथीभाइ, शुभचिन्तक तथा RHENOCK FIRST का दर्शकहरूप्रति हृदयदेखि नै धेरै–धेरै धन्यवाद। ❤️🙏

तपाईंहरूको माया नै मेरो शक्ति हो।
तपाईंहरूको विश्वास नै मेरो प्रेरणा हो।
रिनोकको कथा सुनाउने यो यात्रामा सधैँ साथ दिनुहोला।

धन्यवाद। 🙏❤️

— राजीव प्रधान पारा
RHENOCK FIRST
News • Information • Entertainment
Rhenock, Sikkim

३५औँ नेपाली भाषा मान्यता दिवसको हार्दिक शुभकामना! २० अगस्ट १९९२—भारतीय नेपाली भाषाको इतिहासमा स्वर्णिम दिन। यसै दिन भारत...
20/08/2026

३५औँ नेपाली भाषा मान्यता दिवसको हार्दिक शुभकामना!

२० अगस्ट १९९२—भारतीय नेपाली भाषाको इतिहासमा स्वर्णिम दिन। यसै दिन भारतको संविधानको ७१औँ संविधान संशोधनमार्फत नेपाली भाषाले संविधानको आठौँ अनुसूचीमा स्थान प्राप्त गरी संवैधानिक मान्यता हासिल गरेको थियो।

यो ऐतिहासिक उपलब्धि केवल एउटा भाषाको मान्यता मात्र होइन, नेपाली भाषा, साहित्य, संस्कृति, पहिचान र गौरवको संवैधानिक सम्मान पनि हो। यस उपलब्धिका लागि लामो समयदेखि संघर्ष, योगदान र समर्पण गर्ने सम्पूर्ण अग्रज, साहित्यकार, भाषा अभियन्ता तथा नेपालीभाषी समुदायप्रति हार्दिक सम्मान एवं कृतज्ञता।

हरेक वर्ष २० अगस्टलाई नेपाली भाषा मान्यता दिवसका रूपमा भारतभरि मनाइँदै आएको छ। आजको दिन हाम्रो भाषा र संस्कृतिको संरक्षण, संवर्द्धन तथा भावी पुस्तासम्म यसको गौरवपूर्ण विरासत हस्तान्तरण गर्ने संकल्प गर्ने दिन पनि हो।

नेपाली भाषा हाम्रो पहिचान हो,
नेपाली साहित्य हाम्रो गौरव हो,
नेपाली संस्कृति हाम्रो सम्पदा हो। ❤️

सम्पूर्ण नेपालीभाषी दाजुभाइ तथा दिदीबहिनीहरूमा
३५औँ नेपाली भाषा मान्यता दिवसको हार्दिक शुभकामना एवं धेरै–धेरै बधाई! 🌺🙏

#नेपालीभाषामान्यतादिवस #नेपालीभाषा #नेपालीसाहित्य #नेपालीसंस्कृति

फूलजस्तै कोमल रूप,परम्पराको अमूल्य गहना,कुमारी माजुको एक दर्शनले,पवित्र हुन्छ भक्तिको भावना।   #नेवा_संस्कृति
19/08/2026

फूलजस्तै कोमल रूप,
परम्पराको अमूल्य गहना,
कुमारी माजुको एक दर्शनले,
पवित्र हुन्छ भक्तिको भावना।
#नेवा_संस्कृति

19/08/2026

CM Golay Clarifies! 🎙️

Hon’ble Chief Minister Shri Prem Singh Tamang-Golay clarifies the matter surrounding the proposed Integrated Online Permit System for Restricted & Protected Areas.

📌 What is the proposal?
📌 Why is it being discussed?
📌 What does it mean for Sikkim’s tourism sector?

🎥 Watch the CM’s clarification and hear it directly from him.

Address

Rhenock
737133

Alerts

Be the first to know and let us send you an email when Rhenock First posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Rhenock First:

Shortcuts

Share