लेखनाथ फर्निचर व्यवसायी संघ, कास्की

  • Home
  • Nepal
  • Pokhara
  • लेखनाथ फर्निचर व्यवसायी संघ, कास्की

लेखनाथ फर्निचर व्यवसायी संघ, कास्की “फर्निचर व्यवसायीहरूको हकहित संरक्षण गर्ने”

पिकनिकका केही झलकहरू 😎😎
07/02/2026

पिकनिकका केही झलकहरू 😎😎

07/02/2026

सबैजनामा नमस्कार 🙏
लेखनाथ फर्निचर व्यवसाय संघ, कास्की द्वारा आयोजित पिकनिक कार्यक्रम सफल बनाउन अमूल्य सहयोग गर्नुहुने सम्पूर्ण सप्लायर्स महानुभावहरूप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछौं। तपाईँहरूबाट प्राप्त आर्थिक, सामग्रीगत तथा नैतिक सहयोगले हाम्रो कार्यक्रम अझ व्यवस्थित, उत्साहपूर्ण र सम्झनालायक बन्न सफल भएको छ। व्यवसायिक व्यस्तताका बाबजुद पनि संघप्रति देखाउनु भएको सद्भाव, विश्वास र सहयोगको उच्च कदर गर्दछौं। आगामी दिनहरूमा पनि यस्तै सहयोग, सहकार्य र आत्मीय सम्बन्ध निरन्तर रहिरहने विश्वास लिएका छौं। पुनः एकपटक सम्पूर्ण सहयोगी सप्लायर्सहरूलाई लेखनाथ फर्निचर व्यवसाय संघ, कास्कीको तर्फबाट हार्दिक आभार तथा धन्यवाद ज्ञापन गर्दछौं। 🙏

07/02/2026

सबैजनामा नमस्कार 🙏
आज यस लेखनाथ फर्निचर व्यवसाय संघ,कास्की को बाषिक कार्यक्रम अन्तरगत २०८२/१०/२४ गते सनिवार वनभोज कार्यक्रम भब्य रूपमा शु-सम्पन्न गरियकाे व्यहोरा जानकारी गराउँछौँ। उक्त कार्यक्रम सफल बनाउन कार्यसमिति र फर्निचरब्यवसाहि साथीहरू, अतिथिहरू काे साथ र सहयाेगि मन हरूमा बिशेष धन्यवाद" यहाँहरू सबैको साथ र सहयोग ले आज भब्य रूपमा कार्यक्रम सफल रहयाे । अागामि दिन हरू मा ब्यवसाहिक हक हित मा गरिने कार्यक्रम हरू सफल बनाइ दिनु हुन यस्तै साथ र सहयोग काे अपेक्षा गर्दै छौ। धन्यवाद !
लेखनाथ फर्निचर व्यवसाय संघ, कास्की

सबैजनामा नमस्कार 🙏यस लेखनाथ फर्निचर व्यवसाय संघ, कास्की को बाषिक कार्यक्रम अन्तरगत २०८२/१०/२४ गते सनिवार  वनभोज कार्यक्र...
06/02/2026

सबैजनामा नमस्कार 🙏
यस लेखनाथ फर्निचर व्यवसाय संघ, कास्की को बाषिक कार्यक्रम अन्तरगत २०८२/१०/२४ गते सनिवार वनभोज कार्यक्रम सु-सम्पन्न गराउन गइरहेको व्यहोरा जानकारी गराउँछौँ। उक्त कार्यक्रम सफल बनाउन यहाँहरूको सबैको साथ र सहयोग लाई आत्मसात गर्दै । उक्त कार्यक्रम मा परिवार वा फर्निचरपरिवार का सदस्य सहित जान पाउने व्यवस्था गरिएकाे ले उपस्थित भईदिनु हुन हार्दिक अनुराेध गर्दछौं

लेखनाथ फर्निचर व्यवसाय संघ, लेखनाथ

नवनिर्वाचित पदाधिकारी तथा कार्यसमिति तस्बिरहरू:
25/01/2026

नवनिर्वाचित पदाधिकारी तथा कार्यसमिति तस्बिरहरू:

25/01/2026

लेखनाथ फर्निचर व्यवसाय संघ, कास्की को १०औँ वार्षिक साधारण सभा तथा ५औँ अधिवेशनमार्फत चयन हुनु भएका सम्पूर्ण नवनिर्वाचित पदाधिकारी तथा कार्यसमिति सदस्यहरूलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौं। तपाईंहरूलाई संघप्रतिको जिम्मेवारी, विश्वास र अपेक्षालाई आत्मसात गर्दै फर्निचर व्यवसायीहरूको हकहित संरक्षण, व्यवसाय प्रवर्द्धन तथा आपसी एकता सुदृढ बनाउने कार्यमा सक्रिय भूमिका निर्वाह गर्नु हुनेछ भन्ने पूर्ण विश्वास लिएका छौं। नयाँ नेतृत्वको मार्गदर्शनमा संघले अझ प्रभावकारी, पारदर्शी र सशक्त रूपमा अगाडि बढ्ने आशा राखेका छौं। तपाईंहरूको सोच, अनुभव र समर्पणले लेखनाथ क्षेत्रको फर्निचर व्यवसायलाई नयाँ उचाइमा पुर्‍याओस् भन्ने कामना गर्दछौं। पुनः एकपटक सम्पूर्ण नवनिर्वाचित टिमलाई सफल कार्यकालको हार्दिक शुभकामना।

लेखनाथ फर्निचर व्यवसाय संघ, कास्की

25/01/2026

आदरणीय फर्निचर व्यवसायी साथीहरू तथा शुभेच्छुकहरूमा हार्दिक नमस्कार।
यो “लेखनाथ फर्निचर व्यवसाय संघ, कास्की” को आधिकारिक खाता हो। यस संघमार्फत फर्निचर व्यवसायीहरूबीच एकता, सहकार्य र समन्वयलाई मजबुत बनाउँदै व्यवसायको हकहित संरक्षण गर्ने उद्देश्य राखिएको छ। यस क्षेत्रमा आबद्ध सम्पूर्ण व्यवसायी तथा इच्छुक व्यक्तिहरूलाई संघको सदस्य बनी हाम्रो साझा अभियानमा सहभागी हुन हार्दिक अनुरोध गर्दछौं। तपाईंहरूको साथ, सहयोग र सक्रिय सहभागिताले संघलाई अझ सशक्त र प्रभावकारी बनाउन मद्दत पुग्नेछ।
धन्यवाद।🙏🙏

Address

Lekhnath
Pokhara
GANDAKI

Website

Alerts

Be the first to know and let us send you an email when लेखनाथ फर्निचर व्यवसायी संघ, कास्की posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category