20/06/2015
समाचार
रुकुमलाई केन्द्र बनाएर ५.४ रेक्टरको भूकम्प
५ असार, काठमाडौं । रुकुमलाई केन्द्र बनाएर ५.४ रेक्टर स्केलको भूकम्प गएको छ । शनिबार साँझ ६ बजेर ६ मिनेटमा भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार यो गोरखा भूकम्पको पराकम्प होइन । भूकम्पबाट कुनै क्षति भएको विवरण प्राप्त भएको छैन ।...
पुनर्निर्माण प्राधिकरणको प्रमुखमा सुशील कोइराला कि बाबुराम ?
५ असार, काठमाडौं । एकीकृत नेकपा माओवादीका बरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई पुनर्निर्माण प्राधिकरणको प्रमुख बनाउने चारदल वीच भएको भनिएको ‘भद्र सहमति’ धरापमा परेको छ । प्राधिकरणको अध्यक्षमा प्रधानमन्त्री सुशील कोइराला नै रहने र सुशीलपछि भावी प्रधानमन्त्री केपी ओलीले त्यसको नेतृत्व गर्ने...
संविधानको मस्यौदा लेखन नरोक्न कृष्ण सिटौलाको रुलिङ
फाइल फोटो ५ असार, काठमाडौं । सर्वोच्च अदालतको अन्तरिम आदेशपछि पनि नयाँ संविधानको मस्यौदा लेखन रोकिएन । मस्यौदा समितिको शनिबारको बैठकमा सदभावनाका सभासद नरसिंह चौधरीले संविधानको मस्यौदा लेखन रोक्न माग गरेका थिए । सर्वोच्च अदालतले अन्तरिम संविधानको १, ८२ र १३८ विपरित काम नगर्न...
चीनलाई गरीबीको चिन्ता, अमेरिकालाई रंगभेदको
५ असार, काठमाडौं । विश्वशक्तिका रुपमा चिनिएको अमेरिका र विश्वशक्तिमा उदाउनै लागेको चीनवीच हरेक क्षेत्रमा प्रतिस्पर्धा भइरहेको छ । चिनियाँहरु हरेक क्षेत्रमा अमेरिकाभन्दा तगडा बन्न खोजिरहेका छन् । अमेरिकीहरुचाँहि चीनको बढ्दो प्रभावलाई ढीलो बनाउने कोशिस गरिरहेका छन् । चिनियाँ राष्ट्रपति सि जिनपिङले विहीबार चीनको...
राजनीतिक विषयमा बोल्ने भए न्यायाधीश जनताबाट निर्वाचित हुनुपर्छ : ज्ञवाली
५ असार, काठमाडौं । कानून तथा संविधानका ज्ञाताहरुले १६ बुँदे सहमतिबारे अन्तरिम आदेश दिएर सर्वोच्च अदालत अदालतले राजनीतिक विषयमा प्रवेश गरेको बताएका छन् । तर, केहीले भने अदालतको फैसला मान्दिन भन्न नहुने भन्दै पुनरावलोकनमा जान सुझाएका छन् । नेपाल बार एसोसिएसनका अध्यक्ष हरिकृष्ण कार्कीले...
राजनीतिक संस्कार : के नेपाली राजनीति नैतिकवान् बन्ला ?
मानव सभ्याताको विकासलाई पार गरेर हामी नेपाहीहरु पनि कहाँसम्म आइपुगेका छौं ? आदिम साम्यवाद, दास युग, सामन्तवाद, पुँजीवाद, समाजवादको उतरार्द्घपछि स्वघोषित साम्यवादको परिकल्पाना हुनसक्छ मानव सभ्यताको विकास । यी विकासक्रमभित्र हामी कहाँ रहेका छौं र कसरी त्यसलाई प्रयोगमा ल्याइरहेका छौं ? ...
मरेका कुखुरा बेच्ने व्यवसायी गुप्ता पक्राउ
५ असार, काठमाडौं । महानगरीय प्रहरी वृत्त बालाजुले काठमाडौँ महानगरपालिका–१६ वनस्थलीस्थित बेलकम कोल्ड स्टोरबाट १३० वटा मरेका कुखुरासहित व्यवसायी नन्दकिशोर गुप्तालाई पक्राउ गरेको छ । कोल्डस्टोरमा मरेका कुखुरा बिक्री वितरण भइरहेको जानकारी प्राप्त भएपछि प्रहरीले आज छापा मार्दा मरेका १३० कुखुरा फेला पारेको हो...
पुनर्निर्माण प्राधिकरण संसदबाटै गठन हुनुपर्ने एमालेको अडान
५ असार, काठमाडौं । नेकपा एमालेले बजेट अधिवेशन आउनै लागेका बेला व्यवस्थापिका संसदलाई छलेर पुनर्निर्माण प्राधिकरण गठन सम्बन्धी अध्यादेश ल्याउन नहुने ठहर गरेको छ । उपप्रधानमन्त्री समेत रहेका कार्यवाहक अध्यक्ष बामदेव गौतमको सरकारी निवास पुल्चोकमा बसेको बैठकले संसदलाई छलेर अध्यादेश ल्याउनुभन्दा संसद अधिवेशन पर्खिनु...
सर्वोच्च अदालतले लक्ष्मण रेखा नाघ्यो : बार उपाध्यक्ष
५ असार, काठमाडौं । सर्वोच्च अदालतले चारदलको १६ बुँदे सहमतिविपरीत गरेको परामादेशप्रति नेपाल बार एशोसिएसन असहमत देखिएको छ । अदालतको फैसलाबारे अनलाइनखबरसँग कुरा गर्दै बारका केन्द्रीय उपाध्यक्ष टीकाराम भट्टराईले शुक्रबारको आदेशका कारण न्यायालय विवादमा तानिएको बताए । ‘राज्यका हरेक निकायको निश्चित लक्ष्मण रेखाहरु हुन्छन्...
न्यायाधीश गिरीशचन्द्र : ‘जिस के आगे राह नहीं है’ !
५ असार, काठमाडौं । चारदलवीच जेठ २५ मा सम्पन्न १६ बुँदे सहमतिलाई असंवैधानिक करार गर्दै परमादेश जारी गर्ने सर्वोच्च अदालतका न्यायाधीश गिरीशचन्द्र लाल फेसबुकमा केही न केही लेखिरहन्छन् । नेपाल र भारतका धामहरु घुमिरहने न्यायाधीश लालले फेसबुकमा पोस्ट गरेको आफ्नो एउटा तस्वीरमा लेखेका छन्-...
मामा नै दलाल भएपछि…
५ असार, काठमाडौं । सिन्धुपाल्चोक इचोक गाविसका निमा तामाङ, सूर्यमान तामाङ र मंगले तामाङले आफ्ना छोरीहरु हराएको भन्दै जेठ २४ गते माइती नेपालमा निवेदन दिए । घरबाट सहमतिमै दुबई जाने भनेर स्थानीय नातामा मामा पर्ने अशोक तामाङको साथ लगाएर उनीहरुले आफ्ना छोरीहरु कान्छीमाया तामाङ,आरती...
अदालतले सोह्रबुँदे सहमति सच्याउने अवसर दियो : निधि
५ असार, विराटनगर । भौतिक पूर्वाधार तथा यातायातमन्त्री विमलेन्द्र निधिले सर्वोच्च अदालतको अन्तरिम आदेशले चार दलबीच भएका १६ बुँदे सहमतिमा भए त्रुटिलाई सच्याउने अवसर दिएको बताएका छन् । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै कांग्रेस नेता समेत रहेका निधिले प्रदेशको सीमांकन र नामांकन संविधानसभाको...
समाचार
बिचार/ब्लग
मनोरञ्जन
बिजनेस
खेलकुद
प्रवास
बिचित्र संसार
मुख्य पृष्ठ हाम्रो बारे विज्ञापन सम्पर्क
© २००६-२०१३ Onlinekhabar.com सर्वाधिकार सुरक्षित
Onlinekhabar.com - No. 1 News Portal from Nepal, Business news, Bank Credit Profit, Sale, Nepal Tourism Year news, Vehicle loan, sale, Bank