तामाङ एक्ता समाज बुलुङ , दोलाखा

  • Home
  • Nepal
  • Dolakha
  • तामाङ एक्ता समाज बुलुङ , दोलाखा

तामाङ एक्ता समाज बुलुङ , दोलाखा Our culture and our religion is importain

19/09/2014

अहिन्दू मुलबासी मंगोल तामाङ समुदएको इतिहास र अब गर्नु पर्ने कामहरु"

नेपाल ८० प्रतिशत मुलबासी र बिगत ४५० बर्षा पहिला धोती र जनाइ मात्र लगाइ नेपाल भित्रेका काला हिन्दू २० प्रतिशत ले भरियको अबिकसित मुलुक हो । नेपालको मध्य भु-भुभाग मा तामाङ्हरु को बाहुल्यता रहेको छ । पुरातात्विक भु-गभेसम्बधि खोज र अन्बेशन अनुशार यो स्थानमा धरै बर्श पहिलेदेखी मध्य नेपाल मा बसोबास रहेको प्रमन जुटेको छ ।यसरि धेरै बर्श पहिले देखी मध्य नेपाल मा बसोबास गरिर हेका याहाका अहिन्दू मुलबासी तामाङ समुदाय लाई शरणार्थीको रुप मा नेपाल भित्रेका हिन्दू काला आर्यन हरु बाट आज हामीलाई नै उल्टो आदिबसी जनजती को बिल्ला भिराउदै उनि हरु आफु हरु लाई मुलबासी भन्ने गरेका छन । त्यसमा नेपालको आम अहिन्दू मुलबासी मंगोल हरुको इतिहास लाई मेटाउदै लाने षड्यन्त्र रहेको थाहा पाउन सकिन्छ । नेपालको अहिन्दू मुलबासी मंगोल तामाङ हरु को मुलथलो रसुवा,नुवाकोट,मकवानपुर्,काभे,धादिङ्,रामेछाप,सिन्धुली,दोलखा र सिन्धुपाल्चोक यिनै राजधानी वरिपरी का हुन । तामाङ समुदायको सन्द्र्भमा पुथ्बिनारायण शाह को कथित राज्य अगाडी रसुवको गोल्जुङ्,गत्लाङ्,भारखु,धादिङ्को सेमजोङ्,झारलाङ्,नुवाकोटको पाचाकन्य,बालकुमा रि,ककनि,मकवानपुर को बिभिन्न स्थान अनि लमजुङ को लामाजोङ र काभ्रे को तिमाल लगयतका स्थानहरुमा तामाङ हरुको राज्यरहेको थियो । तामाङ राज्यको अन्त्य पुथ्बिनारायण शाह्को कथित राज्य एकिकरण बाट भएको हो ।यिनै समान्ती हिन्दू काला आयन हरु को सामन्ती शासन सत्ताबाट अहिले पनि मुल बासी मोङोल तामाङ समुदाय र नेपाल को सम्पूर्ण ८० प्रतिशत अहिन्दू मुलबासी मंगोल समुदायमाथी अर्ठीक,राजनितिक्,सास्कृतिक्,धार्मिक्,भाषा शिक र शैछिक सबै स्थानमा शोशन दमन गरायको छ । नेपालमा ८० प्रतिशत अहिन्दू मुलबासी मंगोल समु दाए र २० प्रतिशत काला हिन्दू आर्यन बिचको मेहेनेत ले यहाँका अहिन्दू मुलबासी मंगोल समुदाए शोसित र काला हिन्दू आर्यन हरु शासकोरुप मा शासन गरिरहेका छन ।तामाङ समुदएले बिभिन्न समयमा गरेको बिद्रोहको बारेमा बुहत अनुसन्धान गर्न आवश्य्क रहेको छ ।हिन्दू काला आर्यन हरुको नेतुत्वमा रहेको शासक नेपालको अहिन्दूमुलबासी मंगोल तामाङ समुदएको इतिहास मेटाउने काम गर्धैछन ।आफ्नो भिन्नै राज्य,पहिचान्,भाषा,धर्म र लिपिको समेत बिकास भयको मुलबासी मंगोल तामाङ समुदायको केन्द्री कुत राज्यसमेत भयको कुरा १३ ओ शताब्दी मा तल्लो मुस्ताङसम्म अहिन्दू मुलबासी मंगोल तामाङ समुदएको राज्य भयको तिब्बती अभिलेखमा पाइएको छ, नुवाकोट कोकक नि म अहिन्दू मुलबासी मोङोल तामाङ राज्य का रुम्ब राजा ।पन्चकन्यामा घले राजा,बेतीनि नाम्सापुर र गोल्फुमा ग्लान राजा,जिम्नाङ्मा ल्हो राजा राउतबेशिमा थिङ राजा ,रसुवाको भार्खुमा घले राजा गोल्जुङ्,गत्लाङ्,सिमबन्दी र नुवाकोटको लच्याङ मा गोले राजाहरु भयको र सो स्थानमा रहेको तामाङ राजाहरुको दरबार को अबशेस अहिलेसम्म पनि अबलोकन गर्न सकिन्छ ।त्यस बेला लच्याङ्का गोले राजा र बेतीनि गोल्फुका राजा ग्लान लि पुथ्बिनारायण शाहका सेनालाई नराम्रो सँग परास्त गरेका थिए ।पछी सम्झोता गर्न बाहानामा ति हिन्दू काला आर्यन बाहुनाले चोघाडामा गोले राजा लाई नि:शस्त्र बोलाई अमानबिए तरिकाले हत्या गरियो ।सन १७३९ म गोर्खाको राजा नरभुपाल शाह (आर्यन्) ले पहिलो पटक नुवाकोट आक्रमन गर्दा धादिङ सेमजोङ का अहिन्दू मुलबासी मंगोल बुद्धिस्ट तामाङ राजा बाट नरभुपाल शाह बिरुद कटुन्जे गाबिश र सामरी गाबिश को बिचमा गरेको मुल बासी मोङोल तामाङ राजा को कारण हिन्दू काला आर्यन हरुको नुवाकोट आक्रमन सफल हुन दिएन ।पछी सेमजोङ को वाइबा तामाङ राजा सँग बार्ता र छ लफल गर्ने भ नि गोर्खाका हिन्दू आर्यन राजा बाट धादिङ को यावेङ खोलाको बगर मा बोलायो ।तर ति टाठा बाठा हिन्दू काला आर्यन्को शदेन्त्रकारी राजाले बगरको बालुवा भित्र ह तियार लुकाइ अहिन्दू मुलबासी मंगोल तामाङ राजा लाई नि:शस्त्र बोलाई हत्या गरेका थियो । बिक्रम सवत १८१३ देखी १८१९ सम्म काभे को तिमाल राज्यमा राज्य गरेका अहिन्दू मुलबासी मंगोल तामाङ राजा रिन्छेन दोर्जे तामाङ लाई बिक्रम सम्वत १८१९ आश्विन २ गते मिला पत्र को सन्धी गर्ने बाहानामा त्त्यमाङ बेशी स्थित कोशीको किनार मा बोलाई त्यही हिन्दू काला आर्यन हरु बाट धादिङ सेमजोङ को राजा लाई मारे अनुरुप नै हत्या गरेका थिए ।त्यस पछी राजानितिक्,अर्थीक्,सामाजिक लगाएतको स्थान हरु मा अहिन्दू मुल बासी मोङोल तामाङ र नेपाल भरी को सम्पूर्ण अहिन्दू मुल बासी मोङोल समुदाए लाई पूर्ण रुपले समाप्त पर्ने शदेन्त्र हिन्दू काला आर्यन बाहुन ले गरिरहेका छन ।अहिन्दू मुलबासी मंगोल हरुले आफ्नो इतिहासको शोसक हिन्दू काला आर्यन बाहुन हरु बिरुद पटक पटक बिद्रोह गरिर्हेका छन तर नेपालको जती पनि संचारमाधमहरु पनि त्यही हिन्दू काला आर्यन हरुको हातमा भयको ले त्यसको जानकारी हामी मुलबासी मंगोल समुदाए को माझ लान नदियको कारण थाहा हुन सकिर हेको छैन ।२००७ सालको कर्न्ती र राजनैतिक परिब्रतन पछी २०१६ २०१७ साल मा अहिन्दू मुल बासी मोङोल तामाङ समुदाएको अगुवह रुले देशब्यापी गरेको बिद्रोहले नेपाल को तामङ र सम्पूर्ण मुलबासी मंगोल समुदाएमा राजनितिक चेतनको बिकास भयो । त्यस पछी २०१६ २०१७ साल मा धादिङ्को दार्खा खानयोबास र नुवाकोटमा भयको एतिहासिक अहिन्दू मुलबासी मंगोल तामाङ बिद्रोह को महत्वको बारेमा इतिहासमा उल्लेख रहेको छ ।उक्त अहिन्दू मुलबासी मंगोल तामाङ समुदएले गरेको बिद्रोह लाई दार्खा - ख नायोबास कान्डको रुप मा अवलोकन गर्न सकिन्छ ।बिभिन्न समय मा अहिन्दू मुलबासी मंगोल हरुको चेलीबेटी माथि योन शोसन गर्दै अन्याय गर्न थाले पछी त्यस बिरुध २०१६ २०१७ साल मा रसुव,नुवाकोट र धादिङ को ५ हजार युबाहरुले बिद्रोह गरेका थिए । सो बिद्रोह गर्ने क्रममा नेपालको सम्पूर्ण तह र तप्कामा त्यही हिन्दू काला आर्यन हरु भयको ले त्यसको प्रचारबिना अहिन्दू मुलबासी मंगोल समुदएमाझ लान नसकेपछी असफल हुन पुगे ।तर अब आउने दिन हरुमा हुने बिद्रोह मा नेपालको ८० प्रतिशत अहिन्दू मुलबासी मंगोल समुदाएको सम्पूर्ण युबा हरु एकताबद्र्ह भएर आफ्नो खोसिएको भुमी फिर्ता गर्न को निम्ती सह योग गर्नु हुनेछ र गर्नुओस भन्न चाहान्छ ।

अहिन्दू मुलबासी मंगोल नेशनल अर्गनाईज़ेशन केन्द्रीय सभा काठमाडौं नेपाल

हाम्रो जोडी
01/09/2014

हाम्रो जोडी

:) :)
01/09/2014

:) :)

30/08/2014
तामाङ हरुको गितसंगित को अस्तित्वो खत्रा मा नेपालको बहुसंख्यक जाति मध्य तामाङ हरुको साहित्य रिमठिम गित संगित कलाभित्र धेर...
29/08/2014

तामाङ हरुको गितसंगित को अस्तित्वो खत्रा मा
नेपालको बहुसंख्यक जाति मध्य तामाङ हरुको साहित्य रिमठिम गित संगित कलाभित्र धेरै अर्थलुकेको छ जस्तै दोलाखा जिल्ला को उत्तरि भेग मा पर्ने चिलिंख लादुक बुलुङ ओराङ देउलाङ लामाबगर टासिनाम सुरि खारे झ्यांकु तिर पाइने तामाङ गित कयौ शताब्दि पुर्बाका ईतिहाँस झल्किने गितहरु पाइनछ विडबमना आजाभोलि मुलुक भरिकै तामाङ बुध्दिजिवि तामाङ समुदाय हरु टुङना र डम्फु सेलो गित मात्र तामाङ को चिनारि हो भनि तामाङ सेलोकै पछि दौडिरहेको पाइनछ हामि ठान्दछौ सेलो बाहेक तामाङ गितमा अन्यगित संगित छैन ! सेलो त तामाङ जातिको गित भनेर स्थापित भैसकेकोछ तर मेरो आफ्नो तर्क राख्नु पर्दा सेलो गित मात्र तामाङ गितलाई चिनाउनु तामाङ गित संगित अपुरो हुनछ तामाङ हरु अवस्ये पनि बौध्दलम्वी हरु हुन तर बौध्द धर्म उत्त्पति हुनु भन्दा पहिला अर्थात ईतिहाँस को सातौ सताब्दी पुर्व तामाङ हरु प्रकृतीक बोन धर्म अर्थात बोनपोधर्म अझ त्योभन्दा पहिला तामाङ हरु उत्त्पति भयको कालखंड देखि तामाङ ईतिहाँस मा मान्दै अएको तामबा काईतेन तामबा सिङगिखानडु म्हे म्हे हरुले रचेका तामाङ रिमठिम थुप्रै ह्वाई हरु र धेरै थरिका तामाङ भाका हरु आजभोलि लोपहुँदै गयको छ साँच्चै तामाङ हरुले ईतिहाँस कोट्याउने हो भने तामाङ रिमठिम भित्र धेरै गितका भाका हरु लुकेको छ जस्तै उदाहारण
गोरु जोत्दै गर्दा गाइने (लाङवो ताप्पा)
ब्यासि खेत्मा रोपाई गर्दा गाईने (लिङमा)
घाँस दाउरा गर्दा गाईने (वारवारा)
गाँउको भुमेशिप्ता बुझउदा गाईने (साङह्राप)
बोंनपो ले देवि लाइ फकाउदा को बेला गाईने (नाम्दार)
विहेबारि हुँदा चारदाम मा गाईने (ह्रामा)
घेवाका बेला लामा ले गाईने (बोमसाङ)
मेला जत्रा मा गाईने (फावरे ह्वाई)
दु:खद घडिमा रुद समेत लयबद्ध भाका मा गाईने (छेर्लु)यसरि थुप्रै तमङ गित संगित हरुको औपचारिक अनुसन्धान गर्नु पर्ने हो तर सम्बन्धित निकाय संघ संस्था तामाङ गित संगितका अग्रजहरु लाई बेवस्थ छ
माथिउल्लेखित गित हरुमा दु:ख पिडा अनि मनोरंजना मात्र नभयर तामाङ हरु को ईतिहाँस परम्परा रिमठिम आफ्नो मौलिकता बोकेको छ जस्तै उदाहरण दिनु पर्द बर्तमान हालमा बुलुङ गा.वि.सा. वडा न्ं= ७ को नरबाहादुर घिसिङ उर्फ भोटांगे संग मौलिक तामाङ डम्फुरे गितको भनडार देख्न र सुन्न पाईनछ यि गित संगित हरु संचार माध्यम हरुमा औपचारिक अनुसन्धान र प्रचार प्रसार हुन नसक्नु मुख्य कारण गाँठि कुरात राजनिति हुन र राजनिति सङसगै तामाङ बुद्धिजिबि भनौदा हरु तामाङ का नाम मा बिभिन्न नामले संघ संस्था हरु खोलि जिल्ला को सदरमुकाम मा रहना ले हो भन्ने हम्रो मान्नेता छ यसरि तामाङ संघ संस्था हरु जिल्ला मा नै ठुलठुला होडिंगबोर्ड लगायर बस्ने हो भने गाउ घर मा लुकेर रहेका प्रचुरमात्र मा ईतिहास नै बोकेका तामाङ रिमठिम तामाङ ह्वैई हरु बिस्तारै लोपहुदै जनेछ र कालंतर मा हमि तामाङ हरुको अस्तित्वो नै खत्रमा पर्ने सम्भावन हुनेछ

लेखक- कर्ण ख्युङबा बुलुङ ७

इतिहासले वेलावेलामा खुबै मजाक गर्छ । किरोलाई हिरो र हिरोलाई किरो बनाइदिन्छ । चर्चामा आउनर्ुपर्ने मान्छेलाई ओझेलमा पारिदि...
29/08/2014

इतिहासले वेलावेलामा खुबै मजाक गर्छ । किरोलाई हिरो र हिरोलाई किरो बनाइदिन्छ । चर्चामा आउनर्ुपर्ने मान्छेलाई ओझेलमा पारिदिन्छ, ओझेलमा पार्नुपर्नेलाई चर्चामा ल्याइदिन्छ । राम्रा, गतिला र प्रतिष्ठितलाई गुमनाम पारिदिन्छ । वरिष्ठलाई कनिष्ठ र कनिष्ठलाई वरिष्ठको पगरी गुथाइदिन्छ । कि त 'चरी'हरूको चर्चा गराइदिन्छ कि त 'परी'हरूको परिचर्चा । नायकस“ग जोडिन आएपछि चर्चै गर्नु नपर्ने खलनायकको पनि चर्चा-परिचर्चा हुन्छ । त्यसमा 'क्याटलिस्ट'को काम गरिदिन्छ मिडियाले । राजनीतिक, धार्मिक, सामाजिक इतिहासको हरेक कालखण्डमा यस्ता पात्र भेटिन्छन् । नेपाली राजनीतिक इतिहासको ०६० को दशकमा चर्चामा आएको एक पात्र हुन् रुकमांगत कटवाल । यतिखेर उनी फेरि चर्चामा ल्याइएका छन्, एउटा किताबमार्फ । त्यसैले उनकै बारे चर्चा गर्नुपर्ने बाध्यता आइलागेको छ यस पंक्तिकारलाई पनि ।
ऐतिहासिक र गौरवमय इतिहास बोकेको नेपाली सेनामा प्रधानसेनापति त धेरै व्यक्ति भए । तिनीहरू खासै चर्चामा आएनन् । तर, कटवाल यति चर्चामा ल्याइए कि उनी 'सेल्रि्रेटी' नै बनाइए । उनलाई यसरी चर्चामा ल्याउने गरी समाचार फलाउने खास काम एमाओवादीले गर्‍यो । त्यसमा पनि विशेष भूमिका तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' सरकारको रह्यो । कथित अन्तर्संर्घष्ाका नाममा मोहन वैद्यजीहरूले खरिपाटीबाट पार्टर्ीीmुटाउनेसम्मको खबरदारी लगाएपछि एमाओवादी अध्यक्षसमेत रहेका तत्कालीन प्रधानमन्त्री प्रचण्डको दिमागमा दुइटा प्रश्न चक्कराए, पार्टर्ीीै फुटाउने कि सरकार छाड्ने - पार्टर्ीीmुटे फुटोस् भनेर सरकारमा बसिरहेको भए वा प्रधानमन्त्रीबाट राजीनामा नदिएको भए प्रचण्डलाई पदलोलुप वा 'कर्ुर्सर्ीीपट' भन्ने आरोप भित्रैबाट लाग्ने खतरा थियो । त्यसैले शान्तिपर्ूण्ा राजनीतिक यात्रामा आएर भर्खरै संविधानसभा निर्वाचनमार्फ जनताबाट अनुमोदित भई ठूलो पार्टर्ीीनेको एमाओवादीका 'डाइनामिक' शैलीका अध्यक्ष प्रचण्डले त्यतिवेला पार्टर्ीीोगाउनुभयो, प्रधानमन्त्री पदबाट राजीनामा दिएर । सतहमा देखिएको कटवालकाण्ड त एउटा बाहिरी प्रसंग मात्र हो, भित्री प्रसंग हो वैद्यजीहरूको आन्तरिक दबाब, जुन कुरा प्रचण्ड स्वयंले पनि स्विकारिसक्नुभएको छ ।
तथापि प्रचण्डले कटवाललाई कारबाही गरेर गल्ती भएको कुरा पटक-पटक दोहोर्‍याउनुभएको छ । यो उहा“को जनताका अगाडि भुल सच्याउने एउटा स्वभावजन्य अभिव्यक्ति मात्र होला । तर, उतिवेला उहा“को सरकारले जे गरेको थियो, ठीकै गरेको थियो । उहा“ले सोची-विचारी नै त्यो कारबाही गर्नुभएको थियो । सरकारको निर्ण्र्ाानर्टर्ेने वा निर्ण्र्ाावरुद्ध अस्वाभाविक रूपमा राजनीतिमा उत्रने आफूभन्दा 'लो प्रोटोकल'को व्यक्तिलाई कारबाही गर्नु स्वाभाविक थियो । तर, शक्तिकेन्द्रहरू र केही मिडियाको एकोहोरो नकारात्मक प्रचारबाजीका कारण यसलाई अतिरञ्जित गराइयो । एमाओवादीको अन्तर्विरोधमा खेल्न पाएका कतिपय राजनीतिक दलका नेता र कटवालहरूले शक्तिखोर भिडियाको पुरानो सर्न्दर्भ उजिल्याएर एमाओवादीको मात्र होइन, 'करिस्म्याटिक' व्यक्तित्व भएका प्रधानमन्त्री प्रचण्डलाई 'डाउन' गराउन खोजिरहेका थिए । उनीहरू 'सेरेमोनियल' राष्ट्रपतिलाई समेत प्रभ्ाावित पारेर कार्यकारी सरकारको कारबाही बदर गराउन सफल भए तत्कालका लागि । तर, त्यसको दर्ीघकालीन असफलताचाहि“ मुलुकले यतिखेर व्यहोरिरहेको छ । राष्ट्रपतिले पनि एकदमै आत्तिएर कार्यकारी सरकारको निर्ण्र्ााउल्ट्याइदिए । जब कि हाम्रो राजकीय संरचनामा कार्यकारी सरकारले भनेको मान्नु वा सरकारलाई सहयोग गर्नु राज्यका प्रत्येक निकाय र तत्तत् मातहतका कर्मचारीको कर्तव्य हो । त्यो कर्तव्य सेनाको पनि हो र कटवालको पनि । कटवाल आफू एउटा पेसाको सीमाभित्र बा“धिएको व्यक्ति भएर पनि कार्यकारी प्रधानमन्त्रीस“ग सि“गौरी खेल्न पुगे । हो, ऐतिहासिक गरिमा बोकेको संस्थाको 'हेड' हुनुको नाताले कटवाल आफ्नो संस्था -सेना) को रक्षा वा संरक्षणका पक्षमा खरो उत्रनुलाई नाजायज मान्न सकि“दैन र हु“दैन पनि । उनले सेनाका पक्षमा आफूलाई उतार्नु उनको 'नुनको सोझो' र संस्थाप्रतिको आस्था पनि हो । तर, त्यतिवेला उनलाई सेनाको हैन कि बिदा हुन लागेको राजतन्त्र जोगाउने उत्पात चिन्ता थियो, जुन कुरा उनले हालै प्रकाशित आफ्नो आत्मकथामा पनि खोलिसकेका छन् । राजतन्त्रको छत्रछायामा हर्ुर्की बढी सेनाको उच्च पदमा पुगेका नाताले उनले राजतन्त्रकै पक्षपोषण गर्नु अनौठो होइन/थिएन, तर उनी प्रधानमन्त्री प्रचण्डस“ग सि“गौरी खेल्ने तहको व्यक्ति भने थिएनन् । प्रधानमन्त्री प्रचण्ड लाउ“ला र खाउ“लाकै ऊर्जाशील युवा उमेरमा देश र जनताको कायपलट गर्ने सपना बोकेर व्यक्तिगत र पारिवारिक महत्त्वाकांक्षा त्यागी भूमिगत हुनुभएको थियो । त्यति नै वेला कटवाल भने दरबारको छहारीमा आरामदायी जिन्दगी बिताइरहेका थिए । अनेकौ“ हन्डर, दुःख कष्ट खाएर मुलुकको संघीय लोकतान्त्रिक गणतन्त्रका प्रथम प्रधानमन्त्री बनेका अन्तर्रर्ााट्रय छवि बनाइसकेका व्यक्तित्वस“ग राज्यकोषबाट तलब खाएर आफ्नै र पारिवारिक जिन्दगी बनाइरहेको व्यक्तिले लहडमा गरेको राजनीति कत्ति पनि सुहाउने विषय थिएन । आफ्नो सिद्धान्तविपरीत कसैले भनेको नमान्ने बरु झुन्डिन तयार हुने बलिदानी स्वाभावका कटवाल --) दसौ“ वर्षम्म ज्यान बाजी लगाएर स्थापित भएको एमाओवादीको र्सवाेच्च नेतृत्व र उहा“को पार्टर्ीीई भने झुकाउन वा गलाउन खोजिरहेका थिए । त्यो उनको हठबाहेक केही थिएन । राज्यको ढुकुटीबाट तलब खाने व्यक्ति भए पनि उनी कहिले छद्म नाममा लेख छपाएर त कहिले हाकाहाकी भाषण गरेर राजतन्त्रको वकालत गरिरहेका थिए, सेनाको रक्षाका पक्षमा होइन । 'कम्युनिज्म'का लागि त्यत्रो वर्षलडेका नेता र उहा“को पार्टर्ीीई झुकाउन कटवाल सशस्त्र बल -सैन्य बल) को घेरामा बसेर 'चेस' खेलिरहेका थिए । सेनाको बर्दी लगाएर खुलेआम राजतन्त्रका पक्षमा राजनीति गरिरहेका थिए । त्यतिवेला यस्तो लाग्थ्यो, नेपाली सेना एउटा छुट्टै पार्टर्ीीथयो र कटवाल त्यसका र्सवाेच्च नेता । यस अर्थमा पनि तत्कालीन सरकारले कटवालमाथि गरेको कारबाही संवैधानिक र जायज थियो । कार्यकारी सरकारको आग्रह नमान्ने र उल्टो सरकारकै विरुद्ध उत्रने एक कर्मचारीलाई तीन महिना त के एक दिन मात्र पदावधि भए पनि सरकारले कारबाही गर्नैपथ्र्यो । तत्कालीन प्रचण्ड सरकारले ठीक काम गरेको थियो । तर, त्यसमा सरकारलाई भित्र र बाहिरकाले साथ नदि“दा त्यो सफल हुन सकेन ।
कटवालको हठ र राष्ट्रपतिको कदमका कारण मुलुकमा त्यसका दूरगामी असर अहिलेसम्म पर्दै आए । नागरिक र्सवाेच्चताको शिर झुक्यो । मुलुकको र्सवाेच्च व्यक्तिले नै कार्यकारी सरकारको निर्ण्र्ााउल्ट्याइदि“दा सहरदेखि गाउ“गाउ“सम्म अराजकता भित्रियो । 'चेन अफ कमान्ड' कसैले नमान्ने स्थिति आयो । यसले राजनीतिक रूपमा पनि दर्ीघकालीन असर पुर्‍याइरहेको छ । यदि राष्ट्रपतिले प्रचण्ड सरकारको निर्ण्र्ाारातारात नउल्ट्याइदिएको भए प्रचण्ड सरकार नौ महिनामा ढल्ने थिएन । प्रचण्ड सरकार नढलेको भए त्यतिवेलै नया“ संविधान बन्ने सम्भावना पनि थियो । राजनीतिक संक्रमण छोटिने थियो । सरकारबाट हटेलगत्तै एमाओवादी नागरिक र्सवाेच्चताका नाममा सडकमा ओर्लियो । नया“ संविधान नबनुन्जेल मिलेर जान सहमत भएका एमाओवादीसहितका दलमा यो घटनापछि दरार पैदा भयो । एमाओवादी र अन्य दलबीचको दूरी झन्झन् बढ्दै गयो । अविश्वासको पहाड चुलि“दै आयो । सबै दल कहिल्यै संयुक्त सरकारमा बस्न सकेनन् । सबै दल एक ठाउ“ नआउ“दा पहिलो संविधानसभा संविधान दिन नसकी विघटित यतिसम्म कि ! अविश्वास बढ्दै जा“दा दोस्रो संविधानसभाका लागि निर्वाचन गराउन गैरराजनीतिक व्यक्तिको सरकार बनाउनर्ुपर्ने ऐतिहासिक कालखण्ड सिर्जना भयो । दोस्रो संविधानसभा निर्वाचनपछि पनि अझै संविधान बन्न सकेको छैन । मुलुकको संक्रमणकाल अझै लम्बि“दै गएको छ । यसको खास कारक कटवालको अटेरी, तत्कालीन प्रतिपक्षी दलहरूको उक्साहट र राष्ट्रपतिको अवाञ्छित कदम नै थियो । किनकि, सरकारमा रहिरहन पाएको भए एमाओवादी सडकमा जान पाउने थिएन । ऊ सडकमा नगएको भए ठूलो पार्टर्ीीे हैसियतले संविधान बनाउनमै केन्द्रित हुनर्ुपर्ने बाध्यता सिर्जना हुने थियो । इतिहासमा भएको एउटा ठूलो गल्तीले कटवाल त अनावश्यक चर्चामा आइरहेका छन्, मुलुक र मुलुकवासीले भने दुःख पाइरहेका छन् ।

28/08/2014

हेरौं त के आउँदो रहेछ ।।।
तामाङ शब्दवली -- नेपालीमा उल्था गरि हेराउ न साथी हो !! तर कोहि बाट कमेन्ट आउला जस्तो छैन । त्यसैले १२ घण्टा पछि वाल बाट हटाईने छ । कारण, तामाङ भाषाको बारेमा कसैलाई वास्ता छैन भन्ने बुझाई सहित । थुजेसे ।
---------------
वत्त्ती स्योङ
पेङ स्योङ
साल्गी ब्रा
सोउ ब्रा
वा चे
मे चे
ताङगार चे
क्यारसे ब्ले
पेल्गा-दोङ ब्ले
आम्बु-दोङ गाङ
दुर्सा गाङ
ग्योई गाङ
वत्त्ती होप
घट्टा होप
जिउनी वरी
सिंगर वरी
साउँरा ल्हुङ

28/08/2014

नेपालमा जनजाति आन्दोलनः विगत र वर्तमान

आदिवासी जनजातिहरू नेपाल राज्यको अभिन्न अङ्ग हुन्। नेपाल
नेपालमा जनजाति आन्दोलनः विगत र वर्तमान –प्रा.डा. ओम गुरुङ

आदिवासी जनजातिहरू नेपाल राज्यको अभिन्न अङ्ग हुन्। नेपाल राज्यको निर्माण, विकास र विस्तारमा नेपालका आदिवासी जनजातिहरूले महत्वपूर्ण योगदान पुर्यारएका छन्। तर अठारौँ शताब्दीमा निर्मित आधुनिक नेपाल राज्यले नेपालका आदिवासी जनजातिहरूलाई संस्थागत रूपबाटै उपेक्षा र अपहेलना गर्दै आएको छ। नेपाली समाजको विशेषता वहुजातीय, वहुभाषिक, वहु धार्मिक र वहुसांस्कृतिक भएर पनि नेपाल राज्यको स्वरूप र चरित्र केन्द्रीकृत र एकात्मक भएकोले राज्य संरचनाको विभिन्न निकाय र तहहरूमा नेपालका आदिवासी जनजातिहरू समाहित हुन सकेका छैनन्। राज्यले नेपालका आदिवासी जनजातिहरूलाई जाति, भाषा, धर्म, लिङ्ग, वर्ग र क्षेत्रको आधारमा विभेद गरेको हुदाँ राष्ट्रिय राजनैतिक जीवनको मूल प्रवाहबाट नेपालका आदिवासी जनजातिहरू अलग्गिएका छन्। राज्यको नीति निर्माण, नीति निर्णय र नीति कार्यन्वयनको प्रक्रियाहरूमा आदिवासी जनजातिहरूको सहभागिता नभएकोले देशको स्रोत–साधन र सामाजिक आर्थिक अवसरहरूबाट आदिवासी जनजातिहरू बन्चित बनाईएका छन्। फलस्वरूप नेपालका आदिवासी जनजातिहरू दिनपरदिन सिमान्तिकृत र गरीव बन्दै गएका छन्।



नेपाल राज्यको तर्फबाट नेपालका आदिवासी जनजातिहरूले खेप्नु परेको अन्याय, अत्याचार, शोषण, दमन र उत्पिडनको विरुद्ध नेपालका आदिवासी जनजातिहरूले धेरै पहिलादेखि संगठित तथा असंगठितरूपमा संघर्ष गदै आएका छन्। सन् १७७८ मा पल्लो किरातका लिम्बुहरूले भाषिक दमनका विरुद्ध गरेको आन्दोलन, सन् १७९३ मा नुवाकोटका तामाङहरूले स्वशासनको लागि गरेको विद्रोह, सन् १८०८ मा भोजपुरका राईहरूले भूमि अतिक्रमणको विरुद्ध गरेको आन्दोलन, सन् १८५८ मा लम्जुङको सुकदेव गुरुङ्गले स्वशासनको लागि गरेको आन्दोलन, सन् १८७६ मा गोर्खामा राणा शासनको विरुद्ध लखन थापाले गरेको विद्रोह, सन् १८७७ मा गोर्खाकै सुपति गुरुङले गरेको राणा शासन विरुद्धको विद्रोह, सोही ताका धनकुटामा भएको दशै वहिस्कार विद्रोह, सन् १८८५ मा नेपालमा शासकहरूले वौद्ध धर्मगन्थ्र नष्ट गरेको विरुद्धमा गरेको आन्दोलन, सन् १९६४ मा किपत उन्मुलन विरुद्ध किरातहरूको विद्रोह, १९६५ मा काठमाण्डुका नेवारहरूको भाषा आन्दोलन, १९७५ मा चेपाङ किसानहरूको आन्दोलन, १९८८ मा कठमाण्डुमा नेवारहरूले र ताप्लेजुङ्ग तथा पाँचथरमा लिम्वूहरूले भाषिक अधिकारको पक्षमा शुरु गरेको आनदोलनहरू नेपालका आदिवासी जनजातिहरूले आफ्नो जातीय, सामाजिक, सांस्कृतिक, भाषिक, धार्मिक तथा आर्थिक अधिकारका लागि शुरु गरेका महत्वपूर्ण ऐतिहासिक आन्दोलनहरू मानिन्छन्। तर यी सबै आन्दोलनहरूले संस्थागत रूपमा कुनै राजनैनिक समर्थन प्राप्त गर्न नसकेको र जनाधार पनि नभएको हुँदा यी आन्दोलनहरूलाई राज्यसरकारले सजिलैसंग दमन गर्न सफल भयो। परिणामस्वरूप यो आन्दोलनका प्रभाव नेपालका आदिवासी जनजातिहरूवीच स्थायी रूपमा रहन सकेन।



सन १९९० मा वहुदलीय प्रजातन्त्रको उदय भएपछि नेपाली जनताले सिमितरूपमा भए पनि प्रजातान्त्रिक हक अधिकार प्राप्त गरे। देशमा प्रजातन्त्र स्थापना भएपछि पहिलाको तुलनामा अलि फराकिलो र उदार राजनैतिक वातावरण सृजना भएकोले नेपालका आदिवासी जनजातिहरू पनि आफ्नो जातीय हक अधिकारको लागि उत्साहित हुन थाले। सन् १९९१ को नेपालको संविधानले सर्वप्रथम नेपाललाई वहुृजातीय, वहुभाषिक तथा वहुसंास्कृतिक देशको रूपमा अङ्गिकार गरेकोले नेपालका आदिवासी जनजातिहरूलाई आफ्नो भाषा, संस्कृति तथा धर्म संस्कारको विकास तथा संरक्षण संर्वद्धन गर्ने उदेश्यले विभिन्न जातीय संघ–संस्थाहरू स्थापना गर्न सहज भयो। ती एकल जातीय संघच्यस्–संस्थाहरूलाई समन्वय गरी जनजातिका सामाजिक, सांस्कृतिक, आर्थिक तथा राजनैतिक हक अधिकारमुखी आन्दोलनलाई नेतृत्व प्रदान गर्न सन् १९९१ मा नेपाल आदिवासी जनजाति महासंघको स्थापना भयो। सन् १९९१ मा आठवटा जातीय संस्था (गुरुङ, मगर, नेवार, राई, लिम्बू, तामङ, शेर्पा, थकाली) बाट शुरु भएको नेपाल आदिवासी जनजाति महसंघको पहिलो दश वर्ष सम्मको आन्दोलन जनजातिको जातीय पहिचान स्थापित गराउने मुद्दामा केन्द्रीत भयो। त्यसका लागि महासंघले जनजातिका भाषा, संस्कृति, धर्म, कला–कौशल, भेष–भुषा तथा परम्परागत ज्ञान र शीप सम्वन्धि चेतनामुखी अभियान शुरु गर्योे। त्यसका साथसाथै जनजातिका सामाजिक, संास्कृतिक, भाषिक, धार्मिक अधिकारमुखी आन्दोलन पनि सँग–सँगै शुरु गरियो। फलस्वरूप राज्यसरकारले सन् १९९६ मा आदिवासी जनजाति अध्ययन् कार्यदल गठन गरी सो कार्यदलको सिफारिसमा नेपालमा ६१ जनजातिहरूको पहिचान गरी ती जनजातिहरूलाई कानुनी रूपमा मान्यता प्रदान गर्योन। यसबाट नेपालमा सन् १९९० सम्म राष्ट्रियता र राष्ट्रिय एकताको नाममा राज्यले अपनाएको “एउटा जाति, एउटा भाषा, एउटा धर्म र एउटा संस्कृति” को एकल नीति सिद्धान्ततः अन्त्य भएको छ।



जनजाति आनदोलनले जति–जति तीव्र र व्यापकरूपमा प्रगति गर्दै गयो, त्यसले त्यति नै अनुपातमा आफ्नो आन्दोलनका मुद्दाहरू जातीय पहिचान सहितको सामजिक आर्थिक तथा राजनैतिक हकअधिकारहरू प्रति केन्द्रीत गर्दै लग्यो। फलस्वरूप अब जनजाति आन्दोलन शिर्फ भाषा संस्कृतिको विकास र जातीय पहिचानको सवालमा मात्र केन्द्रित नभएर राज्यमा जनजातिहरूको जातीय पहिचान सहितको प्रतिनिधित्व सम्वन्धी सवालमा शशक्त रूपमा अगाडि बढ्यो। सन् १९९० को जनआन्दोलनद्वारा स्थापित वहुदलीय प्रजातन्त्रबाट नेपाली जनता र खास गरी देशको कुल जनसंख्याको अग्रस्थान ओगट्ने तर सामाजिक–सांस्कृतिक, भाषिक, धार्मिक र मनोवैज्ञानिक रूपबाट समेत विस्थापित भएका आदिवासी जनजातिहरूको आशा आकांक्षा र चाहनाहरू पुरा हुन सकेन। राज्यसत्ताको स्वरूप पहिलाकै जस्तै सामन्ती, केन्द्रीकृत र एकात्मक भएकोले राज्यसत्ताको संरचनामा नेपालका आदिवासी जनजातिहरू समाहित हुन सकेनन्। सन १९९१ को संविधानले नेपाललाई वहुजातीय, वहुभाषिक, वहुसंास्कृतिक राज्यको रूपमा मान्यता प्रदान गरेता पनि व्यवहारमा नेपालका आदिवासी जनजातिहरूले वहुजातीय, बहुसंास्कृतिक, बहुभाषिक तथा बहुधार्मिक समाजको अनुभूती गर्न सकेनन्। राज्यले निरन्तर संस्थागत रूपमा एउटा जाति, एउटा भाषा, एउटा धर्म र एउटा संस्कृतिको नीतिलाई अवलम्वन गर्न छोडेन। राज्यको यस्तो विभेदकारी नीतिको कारण नेपालका आदिवासी जनजातिहरू राज्य संरचना र राष्ट्रिय राजनैतिक जीवन तथा विकास प्रक्रियाको मूलधारबाट वहिर्करणमा परे। फलस्वरूप नेपालका आदिवासी जनजातिहरूले नेपालमा लामो समयदेखि जरा गाडेको हिन्दु धर्म संस्कृतिको अधिपत्य र नेपाली खस भाषाको एकाधिारलाई चुनौती दिनुका साथै उनीहरूले कथित उपल्लो जातका हिन्दु शाषक वर्गको सामाजिक विभेद, आर्थिक शोषण तथा राजनैतिक उत्पिडन र दमनलाई पनि खुला रूपमा चुनौती दिन थाले। त्यसका अलवा राज्यको स्वरूप र चरित्र केन्द्रीकृत र एकात्मक भएकोले त्यसलाई पूर्ण समावेशी, सहभागी र समानुपातिक रूपमा प्रतिनिधिमूलक वनाउन आत्मनिर्णयको अधिकार र जातीय प्रादेशिक स्वशासनको आधारमा राज्यको संघीय संरचनाको मुद्दालाई जोडदार रूपमा उठाउन थाले।



सन २००१ देखि देशमा प्रतिगमन शुरुभएपछि जनजाति आनदोलनले अझै संगठित रूपमा विकास गर्ने अवसर प्राप्त गर्योुे। प्रतिगमनका विरुद्ध राजनीतिक दलहरूले सञ्चालन गरेको राजनीतिक आन्दोलन प्रति ऐक्यवद्धता जनाउदै नेपाल आदिवासी जनजाति महासंघले प्रतिगमनको विरुद्ध र अग्रगमनको पक्षमा खुलारूपमा काठमाण्डौमा विरोध प्रर्दशन गरेको थियो। सन् २००५ को फेव्रुवरी १ तारिखका दिन राजा ज्ञानेन्द्रले देशको राजनैतिक तथा प्रशासनिक अधिकार प्रत्यक्षरूपमा आफ्नो हातमा लिई निरंकुश राजतन्त्र शुरुगरेपछि जनजाति महासंघले निरंकुश राजतन्त्रमा आदिवासी जनजातिहरूको कुनैपनि हक अधिकार सुरक्षित हुन सक्तैन भन्ने मान्यताका साथ निरंकुश राजतन्त्रको अन्त्य र लोकतन्त्र स्थापनाको पक्षमा संगठीत रूपमा सडक आन्दोलन शुरु गर्योा। सडक आन्दोलनका बेला नेपाल आदिवासी जनजाति महासंघले आफु मात्र आन्दोलनमा सक्रिय सहभागी नभएर महासंघसंग आवद्ध भएका जातीय संघ–संस्था तथा आन्दोलनरत सात राजनैतिक दलसँग आवद्ध भएका जनजातिहरूको संगठनको साझा मञ्च आदिवासी जनजाति संयुक्त संघर्ष समिति नेपाल र महासंघसँग आवद्ध नभएका अन्य जातीय संघ–संस्थाहरूलाई पनि समन्वय र समायोजन गरी आन्दोलनको नेतृत्व प्रदान गर्ने कार्य गर्योा। निरंकुश राजतन्त्रलाई पराजित गरी लोकतन्त्र स्थापना गर्न सुरु गरिएको सडक आन्दोलन (जनआन्दोलन–२) का बेला नेपालका आदिवासी जनजातिहरूले बेलायती शैलीको “जित्नेले सबै पाउने” बहुदलीय प्रजातन्त्रको ठाउँमा नेपालको सबैजाति, जनजाति, वर्ग, समुदाय, लिङ्ग र क्षेत्रको सहभागिता र समानुपातिक प्रतिनिधित्व हुनसक्ने समावेशी लोकतन्त्रको माग गरे र त्यस प्रकारको समावेशी लोकतन्त्र स्थापनाका लागि आत्मनिर्णयको अधिकार र जातीय प्रादेशिक स्वशासनको आधारमा संघीय लोकतान्त्रिक गणतन्त्र राज्यको स्थापनाको मुद्दालाई चर्को रूपमा उठाए। त्यस बाहेक धर्म निरपेक्ष राज्यको घोषणा, भाषिक समानता र स्वतन्त्रताको अधिकार, शिक्षा तथा सरकारी सेवामा जनजातिका लागि आरक्षणको नीति र शिक्षा तथा सरकारी कामकाजमा मातृभाषाको प्रयोग गर्न पाउने अधिकारको मागहरू प्ानि आन्दोलनका बेला जोडतोडले उठाए। जनजातिहरूले आफ्नो छुट्टै पहिचान र मागहरू सहित सञ्चालन गरेको आन्दोलन काठमाण्डौमा मात्र सिमित रहेन। जनआन्दोलन–२ को बेला जनजातिहरूले देशका विभिन्न क्षेत्र तथा जिल्लाहरूमा आफ्नो आन्दोलनलाई सशक्त र ब्यापक बनाए। यतिसम्म कि राजनैतिक दलहरूको आन्दोलन सुस्ताएको बेला र राजनैतिक दलहरूले आफ्ना कार्यकर्ताहरूलाई सडकमा उतार्न नसकेको अवस्थामा समेत नेपाल आदिवासी जनजाति महासंघको आन्दोलनले सबै आन्दोलनकारी शक्तिहरूसंग समन्वय र सहकार्य गर्दै सडक आन्दोलनलाई तीव्र बनाएको थियो। जनआन्दोलनका बेला निरंकुश शाही सरकारले काठमाण्डौ लगायत देशका विभिन्न जिल्लाका महत्वपूर्ण क्षेत्रहरूमा निषेधाज्ञा जारी गरेको बेलामा समेत शाही सरकारको निशेधाज्ञा उलङ्गघन गर्ने तथा निशेधित क्षेत्रहरू तोडनेे आन्दोलनकारी संस्थाहरूमध्ये नेपाल आदिवासी जनजाति महासंघ अग्रस्थानमा थियो।



नेपाल आदिवासी जनजाति महासंघले एकातिर निरंकुश राजतन्त्रको अन्त र समावेशी लोकतन्त्रको स्थापनाको आन्दोनलमा आन्दोनलरत राजनीतिक दलहरूसँग सहयात्रीको रूपमा सक्रिय भूमिका निर्वाह गर्योर भने अर्को तिर राज्य पक्ष र आन्दोलनरत राजनीतिक दलहरू जनजातिले उठाएका धर्म निरपेक्ष राज्य, भाषिक अधिकार, मातृभाषामा शिक्षा, राज्य संयन्त्रको सबै निकायहरू र विभिन्न तहहरूमा जातीय जनसंख्याको आधारमा समानुपातिक प्रतिनिधित्व, शिक्षा, सरकारी सेवा तथा रोजगारका अन्य अवसरहरूमा जनजातिहरूलाई आरक्षणको विशेष कानूनी व्यवस्था तथा आत्म निर्णयको अधिकार र जातीय स्वशासनको आधारमा राज्यको पुनःसंरचना हुनु पर्ने जस्ता मागहरू प्रति संवेदलशील हुन र ती मागहरूलाई संवोधन गर्न आन्दोलनरत राजनीतिक दलहरूलाई दवाव दिने र खबरदारी गर्ने काम पनि गर्यों। राजनैतिक दलहरूले पनि आन्दोलनको बेला जनजातिका ती मागहरूलाई आफ्नो राजनीतिक मुद्दाको रूपमा ग्रहण गर्नुका साथै जनजातिका मागहरूलाई समयमै संवोधन गर्ने प्रतिवद्धता जाहेर गरे। यसरी प्रतिगमन र निरंकुश राजतन्त्र नेपालका आदिवासी जनजातिका हक अधिकारको सन्दर्भमा चुनौति र अवसर दुवैे रूपमा सावित भयो।



नेपाली जनताको बल र बलिदानीपूर्ण योगदानबाट निरंकुशतन्त्र पराजित भयो र देशमा लोकतन्त्र स्थापना भयो। तर नेपालका आदिवासी जनजातिहरूको चाहनानुसार लोकतन्त्र समावेशी बन्न सकेन। निरंकुशतन्त्रको अन्त र लोकतन्त्रको स्थापनापछि नेपालका आदिवासी जनजातिहरूले लामो समय देखि उठाई आएका धर्म, संस्कृति र भाषा सम्बन्धि मुद्दाहरू राज्यले आंशिक रूपमा संवोधन गरेतापनि जनजातिका धेरै मुद्दाहरू संवोधन हुन सकेनन्। शान्ति प्रक्रियामा जनजातिहरूको सहभागिता हुन नसकेको मात्र होइन, आन्दोलनरत सात राजनैतिक दलहरू र नेकपा (माओवादी) बीच भएका कैयन राजनीतिक सहमति र शान्ति संझौताहरूमा जनजातिका मुद्दाहरू समाहित हुन सकेनन्। नेपालको अन्तरिम संविधान–२०६३ मा जनजातिका हक अधिकार विरुद्धका कैयन धारा उपधाराहरू २०४७ को संविधानमा झै यथावत कायम रहेका छन्। जनआन्दोलन–२ द्वारा स्थापित राज्य सरकार र त्यसका विभिन्न अङ्ग र तहहरूमा जनजातिको प्रतिनिधित्व फेरि पनि हुन नसकेकोले राज्य व्यवस्था समावेशी हुन सकेन।



संविधानसभामा जातीय जनसंख्याको आधारमा समानुपातिक प्रतिनिधित्व सुनिश्चित हुने सूचि समानुपातिक निर्वाचन प्रणालीलाई राज्यले अङ्गाल्न सकेन। सामन्ति केन्द्रिकृत र एकात्मक राज्यसत्ताको स्वरूप र चरित्रलाई परिवर्तन गरी सबै क्षेत्र र वर्ग समुदाय बीच शक्ति सन्तुलन र श्रोत विभाजन हुने गरी संघीय राज्यको संरचना गर्नुपर्ने जनजाति लगायत आम नेपाली जनताका मागलाई लोकतान्त्रिक सरकारले पूरा गर्न तिर ध्यान पुर्याकउन सकेन। यसरी आन्दोलनका बेला नेपाली जनता र खासगरी नेपालका आदिवासी जनजातिहरूले उठाएका वैधानिक मागहरू प्रति लोकतान्त्रिक भनिने सरकार उदासिन रहेकोले नेपालका आदिवासी जनजातिहरू नेपाल आदिवासी जनजाति महासंघको समन्वय र संयोजन तथा नेतृत्वमा नेपालको अंतरिम संविधान–२०६३ मा भएका जनजातीय हक अधिकार विपरितका विभेदकारी धारा उपधाराहरू खारेज गर्ने, संविधानसभामा जातीय जनसंख्याको आधारमा समानुपातिक प्रतिनिधित्व सुनिश्चित गराउने तथा आत्मनिर्णयको अधिकार र जातीय क्षेत्रीय स्वशासनको आधारमा राज्यको संघीय संचरना गर्ने लगायतका विभिन्न मागहरू प्रस्तुत गरेर नेपालका आदिवासी जनजातिहरू फेरीपनि सडक आन्दोलनमा उत्रिए। यद्यपि जनजाति आन्दोलनको चरित्र शान्तिपूर्ण रह्यो तापनि आन्दोलनद्वारा आफ्नो माग पुरा गराउने सन्दर्भमा राज्य सरकारलाई चर्को दवाव सृजना गर्न आदिवासी जनजातिहरूले साङ्गकेतिक रूपमा भएपनि खुकुरी जुलुस र कैयौँ पटक नेपाल बन्द जस्ता आन्दोलनका कठिन कार्यक्रमहरू आयोजना गर्नु पर्योर।



जनआन्दोलन–२ द्वारा निरंकुशतन्त्र पराजित भएपनि राजतन्त्रको समुल अन्त गराउने तर्फ राज्य सरकार र सत्तारुढ राजनीतिक दलहरू सक्रिय नदेखिएकाले राजतन्त्रको अन्त्यको लागि जनजातिहरूले साङकेतिक रूपमै भएपनि राजा ज्ञानेन्द्रलाई गद्दीच्युत गरी कैदीको रूपमा जेल चलान गरे भने नारायणहिटी दरबारलाई गणतन्त्र भवनको घोषणा गरे तथा राजगद्दी र राजमुकुटलाई संग्राहलयमा राख्ने काम गरे। एकातिर जनजाति आन्दोलन सशक्त रूपमा देशभरी फैलियो भने अर्को तिर सोही समयमा मधेशी जनाधिकार फोरमको आन्दोलनले हिंसात्मक विद्रोहको रूप धारण गर्योो।



जनजाति आन्दोलनबाट नेपालका आदिवासी जनजातिहरूले उल्लेखनीय उपलब्धीहरू हात लगाएका छन्। यद्यपि व्यवहारमा ती उपलब्धीहरूको अनुभूति हालसम्म गर्न सकिएको छैन तापनि नीतिगत तथा सैद्धान्तिक रूपमा प्राप्त ती उपलब्धीहरूले जनजाति आन्दोलनको इतिहासलाई गरीमामय तुल्याएको छ। जनजाति आन्दोलन र मधेशी विद्रोहको दवावको परिणाम स्वरूप तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरलाले दुई पटक सम्म राष्ट्रका नाममा ऐतिहासिक संवोधन गरी नेपालमा संघीय शासन प्रणाली र जनसंख्याको आधारमा तराईमा निर्वाचन क्षेत्र बढाउने धोषणा गर्नु पर्योि। जनजाति आन्दोलनकै कारण जनजातिको प्रश्न उठाउँदा देश टुक्रिन्छ, राष्ट्रियता विखण्डित हुन्छ, साम्प्रदायिक सदभाव खलबलिन्छ भन्ने राज्य सरकारले नेपालका ५९ जनजातिहरूलाई कानुनी रूपबाटै मान्यता प्रदान गर्न र ती जनजातिलाई नेपालको राजपत्रमा सुचिकृत गर्न बाध्य हुनुपरेको छ। यसरी जनजाति आन्दोलनले जनजातिको सामुहिक पहिचानलाई सबैका सामु कानुनी रूपबाटै स्थापित गरी दिएकोले अब जनजाति को हुन भनी प्रश्न गरीरहनुपर्ने अवस्था छैन। नेपाललाई धर्म निरपेक्ष राज्य घोषणा गरिनु, स्थानीय भाषालाई सरकारी कामकाजको भाषाको रूपमा मान्यता प्रदान गरिनु, मातृभाषामा आधारभुत शिक्षाको अधिकार प्रदान गरिनु, शिक्षा, निजामती सेवा तथा रोजगारका अन्य अवसरहरूमा जनजातिहरूलाई आरक्षंणको कानुनी व्यवस्था गरिनु जस्ता कुराहरू अवश्यपनि जनजाति आन्दोलनको महत्वपूर्ण उपलब्धीहरू हुन्। नेपालका आदिवासी जनजातिहरूको राज्य पुनःसंरचनाको मागलाई राजनैतिक दलहरूले आफ्नो राजनैतिक मुद्दामा समाहित र समायोजन गराउन बाध्य भएका छन्। जनजाति आन्दोलनकै कारण २४० बर्षभन्दा लामो समयदेखि जनजातिहरूमाथि एकछत्ररूपले शासन र शोषण गर्दै आईरहेका कथित उच्च जातका हिन्दु शासकहरूले नेपालका आदिवासी जनजातिका प्रतिनिधिहरूसँग इतिहासमा पहिलो पटक वार्तागरी संझौता र सहमति गर्न वाध्य भएका छन्। नेपाल सरकारको वार्ता टोलीले नेपाल आदिवासी जनजाति महासंघ र आदिवासी संयुक्त संर्घष समिति, नेपालसँग गरेको अगष्ट ७, २००७ (२०६४ साउन २२ गते) को सहमतिमा राज्यपक्ष आसन्न संविधान सभामा संविधानमा व्यवस्था गरिएको मिश्रित निर्वाचन प्रणली अन्तरगत निर्वाचन क्षेत्रबाट “पहिलो हुने विजयी हुने” प्रणाली अन्तरगत उमेदवारी समानुपातिक बनाउन, समानुपातिक निर्वाचनलाई सहीरूपमा समानुपातिक बनाउन तथा उपर्युक्त दुवै निर्वाचन प्रणालीबाट संविधानसभामा प्रतिनिधित्व हुन नसक्ने सुचिकृत आदिवासी जनजातिको हकमा एक जातिको न्यूनतम एक प्रतिनिधित्व सुनिश्चित गर्न संवैधानिक व्यवस्था गर्न सहमत भएको छ। यस्तो सहमतिबाट कानूनत संविधानसभामा सुचिकृत ५९ आदिवासी जनजातिको न्यूनतम एक–एक प्रतिनिधित्व सुनिश्चित भएको छ। यो जनजातिको लागि जनजाति आन्दोलनको इतिहासमा कहिल्यै प्राप्त नभएको ऐतिहासिक उपलब्धि हो।



संघीयता र जातीयताको कुरोसम्म उठाउँदा पनि देश नै टुक्रिन्छ भनी डराउने राज्य सरकार आदिवासी जनजातिका प्रतिनिधिहरूसँग भएको अगष्ट ७ मा भएको सम्झौतामा जाति, भाषा र भौगोलिक क्षेत्रको आधारमा संघीय राज्यको नयाँ संरचना गर्न सहमति भएको छ। जनजातिका लागि छुट्टै आयोगको गठन गर्न तथा राज्यको सबै अङ्ग र तहहरूमा सबै जाति, वर्ग, समुदाय, लिङ्ग र क्षेत्रको समावेशी, सहभागिता र समानुपातिक प्रतिनिधित्वका लागि सबैको प्रतिनिधित्व रहेको एक कार्यदल तत्कालै गठन गरी अध्ययन गर्न गराउँन राज्यपक्ष सहमत भएको छ। त्यसै गरी राज्य सञ्चालनको सबै अङ्ग र तहहरूमा आदिवासी जनजातिहरूको समावेशी, समानुपातिक प्रतिनिधितव हुनुपर्ने कानुनी एवं नीतिगत प्रतिवद्धतालाई व्यवहारमा उतार्ने थप प्रतिवद्धता राज्यपक्षबाट जाहेर भएको छ। आदिवासी जनजातिहरूको हकअधिकार सुनिश्चित गर्न अन्तराष्ट्रिय कानुनको रूपमा स्थापित अन्तराष्ट्रिय श्रम संगठन महासन्धि नं. १६९ लाई नेपाल सरकारले पारित गरेर यो सन्धी पारित गर्ने नेपाल दक्षिण एशियामा पहिलो देशको रूपमा परिचित भएको छ भने आदिवासी जनजातिहरूको अधिकार सम्बन्धि राष्ट्रसंघीय घोषणापत्रलाई पनि नेपाल सरकारले अनुमोदन गरेको छ। यी प्रमुख सवालहरू व्ााहेक जनजातिका हक अधिकार सम्वन्धी अरु पनि थुप्रै सवालहरूमा सरकारले औपचारिक रूपमै प्रतिवद्धता जनाएको छ। यद्यपि आदिवासी जनजातिहरूको चाहना, आशा, आकांक्षा र आवश्यकताहरूको तुलनामा अगष्ट ७ को सरकारसँग भएको सहमतिलाई आंशिक उपलव्धीहरू मात्र मान्न सकिन्छ तापनि यी आंशिक उपलव्धीहरू कम महत्वका छैनन्। यी उपलब्धिहरूलाई आधार मानेर आदिवासी जनजातिहरूको अरु मागहरू पृुरा गराउन तथा सरकारसँग भएका सहमतिहरू कार्यान्वयन गराउन जनजाति आन्दोलन अगाडि बढाउनु आवश्यक छ। यस कार्यमा सरकारसँग भएको २० बुँदे सम्झौताले जनजाति आन्दोलनलाई बलियो आधार र थप उर्जा प्रदान गरेको छ। यसका अलवा जनजाति आन्दोलनले नेपालका आदिवासी जनजातिहरूलाई आफ्नो हक अधिकार वारे सचेत र संगठित वनाउने कार्य गरेको छ। त्यसैगरी जनजाति आन्दोलनले नेपालका आदिवासी जनजातिहरूको एक मात्र राष्ट्रिय स्तरको प्रतिनिधिमूलक साझा छाता संगठन नेपाल आदिवासी जनजाति महासंघलाई नेपालको एउटा सशक्त नागरिक समाजको रूपमा स्थापित गरेको छ। त्यसका अतिरिक्त जनजाति आन्दोलनले नेपाल आदिवासी जनजाति महासंघको गरीमा र छवीलाई उच्च शिखरमा पुर्याूउनुका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा महासंघको उपस्थितिलाई स्पष्ट रूपमा प्रस्तुत गरेको छ।



नेपालका आदिवासी जनजातिहरूले सरकारसँग २०६४ साउन २२ गते २० बुँदे सम्झौता गर्नुको मुख्य उदेश्यहरू मध्य एउटा उदेश्य मंसिर ६ गते सम्पन्न गर्ने भनिएको संविधानसभाको निर्वाचन जनजाति आन्दोलनका कारण बिथोलिदै छ भनी राजनीतिकदलहरूले लगाएको आरोप मेटाउनु पनि थियो। त्यसैले जनजातिहरूले उठाई आएको पूर्ण समानुपातिक निर्वाचन प्रणालीको मुद्दालाई थाती राखेर पनि नेपाल आदिवासी जनजाति महासंघ र आदिवासी जनजाति संयुक्त संघर्ष समितिले नेपालको अन्तरिम संविधानमा ब्यवस्था गरिएको मिश्रित निर्वाचन प्रणालीलाई परिमार्जित रूपमा स्वीकार गरी सरकारसँग सहमति गरेका हुन। तर सरकारको कमजोरीले गर्दा जेठमा संविधानसभाको निर्वाचन सम्पन्न हुन सकेन भने सात राजनीतिक दलहरू बीचको असहमतिको कारणले गर्दा मंसिर ६ गते सम्पन्न गर्ने भनिएको संविधानसभाको निर्वाचन चैत २८ गते मात्र सम्पन्न भयो।



यो निर्वाचनमा विभिन्न राजनीतिक दलहरूबाट निर्वाचित तथा मनोनित भएका २१९ जनजाति सभासदहरूले नेपालको संविधानसभामा प्रतिनिधित्व गरिरहेका छन। यद्यपि यो निर्वाचनमा जनजाति आन्दोलनले उठाएको पूर्ण समानुपातिक निर्वाचन प्रणाली प्रकृयाको मुद्दा पूर्ण रूपमा लागू हुन सकेन तापनि निर्वाचनको परिणाम भने झण्डै जनजातिहरूको जनसंख्याको अनुपात अनुसार (३६५) निक्लेको छ। यो नेपालको राजनीतिक इतिहासमा भएको पहिलो परिवर्तन हो र यो परिवर्तनलाई जनजाति आन्दोलनको महत्वपूर्ण उपलब्धि मान्नु पर्दछ। अब यी सभासदहरूले आफ्नो दलको मात्र प्रतिनिधित्व नगरेर नेपालका समग्र आदिवासी जनजातिहरूको पनि प्रतिनिधित्व गर्दै नीति निर्माणको प्रकृयामा जनजातिहरूले उठाएका मुद्दाहरूको बारेमा वहस पैरवी गर्ने तथा नेपालको नयाँ बन्ने संविधानमा जनजातिहरूको हक अधिकार सुनिश्चित गर्नको लागि महत्वपूर्ण भूमिका खेल्नु पर्दछ। अन्यथा जनजाति सभासदहरूप्रति जनजातिहरूको समर्थन तथा विश्वास खतम हुन सक्दछ।



अहिले जनजातिहरूको मूल मुद्दा भनेको अब बन्ने नयाँ संविधानमा जनजातिहरूकोे हक अधिकार सुनिश्चित गर्नु हो। तर संविधान निर्माणको प्रकृयामा सामुदायिक रूपबाट जनजातिहरूको सहभागिता हुन सकेन। संविधान सभामा प्रतिनिधित्व गर्ने जनजाति सभासदहरूले पनि यस्तो गम्भीर कार्यमा महत्वपूर्ण भूमिका खेल्न सकेका छैनन् भने नेपालका आदिवासी जनजातिहरूको प्रतिनिधिमूलक संस्था नेपाल आदिवासी जनजाति महासंघले सरकार र राजनैतिक दलहरूप्रति सम्झौतापरस्त नीति अपनाएकोले जनजाति अधिकारको लागि महत्वपूर्ण भूमिका निर्वाह गर्न सकेको छैन। संविधानसभाको दुवै निर्वाचन प्रणालीबाट छुट्न गएका सूचिकृत जनजातिहरूको हकमा एक जातिको न्यूनतम एक प्रतिनिधित्व गराउने सन्दर्भमा सरकारसंग भएको २० बुँदे सम्झौता अनुसार संविधानसभामा छुट हुन गएका जनजातिहरूलाई मन्त्री परिषदको सहमतीमा मनोनित गरिने २६ सीटबाट प्रतिनिधित्व गराइने सहमति राजनैतिक दलहरूसँग भएको थियो। तर पछि ठूला भनिने राजनीतिक दलहरूले वेइमानी गरेकोले त्यो सहमति कार्यान्वयन हुन सकेन भने नेपाल आदिवासी जनजाति महासंघले तत्काल राजनीतिक दलहरूको वेइमानीप्रति आपत्ति जनाएता पनि पछि आफै निस्कृय बस्यो। फलस्वरूप नेपालका ५९ सूचीकृत आदिवासी जनजातिहरूमध्ये २ दर्जनभन्दा बढी जनजातिहरूको प्रतिनिधित्व संविधानसभामा हुन सकेन। यसबाट संविधान बनाउने महत्वपूर्ण संविधानसभाजस्तो उच्च निकायमा धेरै जनजातिहरू प्रतिनिधित्वविहिन भएका छन। फलतः नेपालको संविधानसभा जनजातिहरूले चाहे अनुसार सर्व समावेशी बन्न नसकेकोले अब बन्ने नेपालको नयाँ संविधान पनि समावेशी हुन नसक्ने कुरा स्पष्ट नै छ।



निर्वाचन प्रकृयाबाट छुटेका जनजातिहरूलाई संस्थागत रूपमा संविधानसभामा प्रतिनिधित्व गराउने काममा राज्य र राजनीतिक दलहरूलाई शशक्त दवाव सिर्जना गर्नुको सट्टा जनजाति संघ संगठनका नेतृत्वपंक्ति स्वयम आफै राजनीतिक दलहरूले लगाएको अंश वण्डामा आफुहरू अंशियार भएर बस्ने जस्तो गलत काम भएकोले अहिले जनजाति आन्दोलन ओझेलमा पर्न गइरहेको छ।



नेपालको संघीय राज्य संरचना जाति, भाषा र भूगोलको आधारमा निर्माण गरिनु पर्दछ भन्ने जनजातिहरूको अहिलेको अर्को महत्वपूर्ण मुद्दा हो। तर राष्ट्रिय एकता, सार्वभौमिक अखण्डता र सामाजिक सदभावको नाममा एकथरीका राजनीतिक दल र राजनीतिज्ञ तथा कथित वुद्धिजीवीहरू संघीयताकै विरुद्ध खनिएका छन भने संघीयताका पक्षधरहरूपनि जातीय आधारमा संघीय राज्यको संरचना गर्दा देश नै टुक्रिन्छ भन्ने जस्ता गलत र भ्रामक विचारहरू अघि सार्दै जनजंख्या र भूगोललाई मात्र मूल आधार मानी हिजोकै जस्तो शक्ति र स्रोत केन्द्रमै निहित हुने खालको नक्कली संघीय राज्य स्थापना गर्न चाहन्छन। यस्ता भ्रामक कुराहरूको विरुद्ध जाती, भाषा र भूगोलको आधारमा संघीय राज्यको निर्माण हुनु पर्दछ भन्ने मुद्दा उठाइ लामो समयदेखि आन्दोलनरत हामी आदिवासी जनजातिहरू र हाम्रा प्रतिनिधिमूलक संस्थाहरूले व्यापक र शशक्त आन्दोलन गर्न सक्नु पर्दथ्यो। तर हामी आफैले पनि आफ्नो मुद्दाको पक्षमा राष्ट्रिय वहस र छलफल गरी न व्यापक जनमत तयार गर्न सकेका छौ नत शशक्त आन्दोलनको अगुवाई। हाम्रा यस्ता कमी कमजोरीका कारण हाम्रो आन्दोलनहरू दिनप्रतिदिन सेलाउँदै गएका छन। परिणामस्वरूप हामीप्रति राज्य पक्ष र राजनीतिक दलहरूबाट पुनः हेपाहा दृष्टिकोण अपनाउन थालिएको छ।



नेपाल आदिवासी जनजाति महासंघको भूमिका सरकार र राजनीतिक दलहरूप्रति सम्झौतापरस्त भएकोले हाम्रा सवालहरूमा कुनै हालतमा पनि सम्बोधन हुने नदेखी आन्दोलनकारी जनजाति संघसंस्था सबैलाई समन्वय र समायोजन गर्दै जनजाति अधिकारको पक्षमा आन्दोलनको अगुवाई गर्न जनजातिका केही वुद्धिजीवी तथा जनजाति नेता कार्यकर्ताहरूले केही समयअघि काठमाण्डौमा जनजातिहरूको वृहत भेला गरी जनजाति वृहत मोर्चा गठन गरेका छन। साथै उक्त मोर्चाले संविधानसभा भवन र सिंहदरबार घेराऊ लगायत नेपाल बन्दजस्ता आन्दोलनका कार्यक्रमहरू पनि सम्पन्न गरेका छन। तर उक्त मोर्चाको सामुहिक नेतृत्वको अवधारणाले आन्दोलनको अगुवाई गर्ने व्यक्तिको अभाव, उचित समन्वय र समायोजन नहुनाका कारण नेपाल आदिवासी जनजाति महासंघको आन्दोलनप्रतिको निस्कृयताले गर्दा जातीय संस्थाहरूको आन्दोलनमा प्रभावकारी भूमिका खेल्न नसक्नु तथा आन्दोलनबारे व्यापक प्रचार प्रसारको कमी आदिका कारण मोर्चालाई आन्दोलनमा पहिलो गासमै ढुंगा लागेजस्तो भयो। त्यसमा पनि मोर्चाका अगुवाहरूले एकातिर कम्युनिष्टहरूलाई समाप्त नगरेसम्म जनजाति आन्दोलनले सफलता पाउँदैन भन्नेजस्ता विचार अभिव्यक्त गर्ने र अर्कोतिर कम्युनिष्टहरूमा पनि आफुलाई सबैभन्दा क्रान्तिकारी कम्युनिष्ट ठान्ने एकीकृत नेकपा माओवादीका जातीय मोर्चालाई आन्दोलनको अगुवाई गर्ने जिम्मा दिनाले जनजाति आन्दोलनकर्मीहरू अन्यौलमा परेकाले आदिवासी जनजाति वृहत मोर्चाको आन्दोलनले अपेक्षाकृत सफलता पाउन सकेन। यस बारे मोर्चाका अगुवाहरूले स्पष्ट पार्न आवश्यक छ।



अहिले संविधानसभाका विषयगत ११ वटा समितिले आफ्ना मस्यौदा अवधारणाहरू बुझाएका छन। ती मस्यौदा अवधारणाहरू हेर्दा आदिवासी जनजातिका सवालहरू ती अवधारणाहरूमा स्पष्ट रूपमा प्रकट भएका छैनन्। त्यसप्रति हामी आदिवासी जनजातिहरूको खासै ध्यान गएको छैन। राज्य पुनर्संरचना समितिले १४ प्रदेशको संघीय राज्यको खाका प्रस्तुत गरेको छ। यद्यपि यो खाका झलक्क हेर्दा जनजातिका मागहरू यस खाकामा समेटिएका जस्ता देखिन्छन तर यस खाकाले फस्आत्म निर्णयको अधिकार र जातीय स्वशासनको सैद्धान्तिक आधार समातेको छैन। बरु खास समुहहरूको स्वार्थलाई ध्यानमा राखेर जनजाति क्षेत्रहरूलाई छुट्याएर नारायणी तथा सुनकोशीजस्ता नयाँ नयाँ प्रदेशको निर्माण गरिएको छ। यस प्रकारको प्रदेशको निर्माणले घुमाइफिराई जनजातिहरूको ऐतिहासिक थलोमा पुनः अभिजात वर्गले नै शासन गर्ने संयन्त्र बनेको जस्तो देखिन्छ। यसप्रति पनि नेपालका आदिवासी जनजातिहरू र उनीहरूका संघसंगठनहरू मौन नै देखिन्छन। यसकारण अहिलेको यो विशिष्ट परिस्थितिमा छुट्टा छुट्टै संघसंस्था वा मोर्चाहरू निर्माण गरेर आन्दोलनको आँधीवेरी ल्याउँछु भन्ने हुँकार गर्नु भन्दा विद्यमान स्थापित जातीय संघसंस्थाहरूलाई समन्वय, समायोजन तथा संगठित गरी जनजाति आन्दोलनलाई प्रभावकारी बनाउनु आवश्यक छ। यस्तो आन्दोलनमा नेपाल आदिवासी जनजाति महासंघको भूमिका अहंम रहन्छ। यसप्रति पनि महासंघ गम्भीर र संवेदनशील हुनु पर्दछ। तर महासंघका पदनाधिकारीहरू जनजातिहरूका सवालहरूप्रति भन्दा राजनीतिक दलप्रति बफादार रहेकाले जनजाति आन्दोलनले खास गति लिन नसकेकको गुनासो सर्वत्र सुनिन्छ। यदि महासंघका पदाधिकारीहरूको यस्तो भूमिका हो भने छिटो भन्दा छिटो महासंघको नेतृत्व अरुलाई हस्तान्तरण गर्नु श्रेयस्कर हुन्छ।



महासंघका पदाधिकारीहरू त्यत्तिकै आलटाल गरेर बस्नु हुँदैन। यसबाट व्यक्ति र संस्था दुवैको कल्याण हुँदैन। हामीले चाहेको जस्तो संघीय राज्यको स्थापना गर्ने हो र नेपालको नयाँ बन्ने संविधानमा हाम्रा अधिकारहरू सुनिश्चित गर्ने हो भने हामी जनजातिका अगुवाहरू राजनीतिक दलको अनुयायी मात्र बनेर बस्नुको सट्टा हाम्रा मुद्दाहरूप्रति राजनीतिक दलहरूलाई संवेदनशील बनाउन र खवरदारी गर्न आवश्यक छ। त्यतिले पनि नपुगे संगठित रूपमा शशक्त र देशव्यापी आन्दोलन गर्नु जरुरी छ। अन्यथा हामीलाई वर्षौसम्म राज्य शक्तिको आडमा अभिजात वर्ग समुदायको विभेद, शोषण दमन र अन्याय अत्याचार खेप्नु सिवाय अर्को विकल्प हुने छैन।

निर्माण, विकास र विस्तारमा नेपालक

Address

Dolkha, BULUNG VDC 7
Dolakha
049

Telephone

01-4259074,

Website

Alerts

Be the first to know and let us send you an email when तामाङ एक्ता समाज बुलुङ , दोलाखा posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to तामाङ एक्ता समाज बुलुङ , दोलाखा:

Share