वैदिक सनातन हिन्दु धर्म संरक्षण समिति,बर्दिया

  • Home
  • Nepal
  • Bardiya
  • वैदिक सनातन हिन्दु धर्म संरक्षण समिति,बर्दिया

वैदिक सनातन हिन्दु धर्म संरक्षण समिति,बर्दिया यो केवल विश्व काे एक मात्र हिन्दु राष्ट्र नेपाल कायम गर्ने अभियान मात्र हो ।

06/12/2015

अन्ततः नेपालले अहिले भाेगिरहेकाे समस्या नेपाल हिन्दुराज्य नहुनुकाे कारण हाे भन्नेकुरा ईन्डिया का नेताहरु बाटै खुल्न थालेकाे छ।

01/12/2015

९०% नेपाली जनताको सुझावलाई उपेक्षा गरी जनताको ईच्छा र चाहना विपरीत नेपालकाे संविधानमा जबर्जस्ती धर्म निरपेक्ष कायम गरिएकाे र भारतलाई भविष्यमा सुरक्षा लगाएत अन्य कुरामा ठुलो प्रभाव पर्नसक्ने भएकोले नेपाल पुन हिन्दुराज्य हुनुपर्ने दबाब दिन भारतले अन्य कारण विना नै अघाेषीत नाकाबन्दी गरेकाे हाे भनेर नेपालकै नेताहरूले भन्न थालेका छन।यदि कारण त्यही हाे भने किन बहस,छलफल गर्न किन ढिलाइ ?

02/10/2015

यो देशमा रहेका सम्पुर्ण जात जाती,भाषा भाषी र विभिन्न संम्प्रदायहरुलाई धर्म,संस्कृती,परम्परा को माध्यम बाट आपसी मेल-मिलाप र भाईचारको समन्ध कायम गर्न,शान्ती शद्भाव र विकाशको मार्गमा एकतावद्दभै उत्प्रेरीत गर्न साथै विश्वमा एकमात्र हिन्दु राष्ट्र नेपालको पहिचान स्थापीत गर्न नेपाल पुन हिन्दु राष्ट्र कायम हुन जरुरी छ।

10/09/2015

अाज मिती२०७२भाद्र २४ गते का दिन वैदिक सनातन हिन्दु धर्म संरक्षण संघर्ष समिति बर्दियाकाे निर्णय अनुसार क्रिस्चियनहरूका धर्म गुरु कार्निडल फर्नान्डाे फिलाेनी,नयाँ बन्ने संविधानमा धर्म निरपेक्ष राष्ट्र कायम गराउनकाे लागि दबाब दिन र भविष्यमा नेपाललाई क्रिष्चयन राष्ट्र बनाउने षड्यन्त्रका साथ यही भाद्र २९ गते नेपाल भ्रमण गर्न लागेकाे हुदाँ उनकाे भ्रमण लाई रद्द गर्नुकाे साथै नेपाल प्रवेशमा राेक लगाईयाेस भन्दै प्रमुख जिल्ला अधिकारी बर्दिया मार्फत प्रधानमन्त्री लाई ज्ञापन पत्र बुझाईयाे ।

08/09/2015

यो देशमा अब एउटा मात्र कुरा हुन बाँकी छ।विश्वकै एकमात्र पहिचान बोकेको हिन्दु राष्ट्र नेपाल समाप्त हुदैछ।पचहत्तरै जिल्लाका हरेक गाँउबाट आगोको ज्वाला फैलिरहेको छ।ति आगोका ज्वाला जिल्ला सम्म फैलदा लप्कामा परीणत हुनेछ।जब जनताका नाउँमा राजनिती गर्ने विदेशी दलालहरु सल्वलाउनेछन।त्यतीबेला उनीहरु त्यो विष्पोट सहितको आगोको गोलाले घेरीसकेका हुनेछन।जनतासँग एक पटक भिखको नाटक हुनेछ जनता त के प्रकृतीले पनी उनिहरुलाई साथ थिने छैनिन।

04/09/2015
16/08/2015

अादरणिय वुवाअामा,दाजुभाइ तथा दिदीबहिनीहरु,अाज तपाईं हाम्रो हिन्दुराज्य र हिन्दु धर्म खतरामा छ।अाज तपाईं हामीले विश्वास गरेर पठाएका जनताका प्रतिनिधीहरुले विदेशी डलरमा बिकेर हामीलाई धाेका दीएका छन् ।हामी माथि गद्दार भएकाे छ।सदीयाै देखि तपाईं हाम्रो पिता पुर्खाकाे पालादेखी मान्दै अाएकाे हिन्दु धर्म सस्कृती र परम्परा समाप्त पार्न खाेजिएकाे छ।उठ्नुहाेस,जाग्नुहाेस,अब अाफ्नाे धर्म रक्षाका लागि अन्तिम लडाइँ लडन सुतेका हरुलाई उठाउनुहाेस।सुतेको भान पार्नेहरुलाई पनि जगाउनु हाेस।हातमा कलम हुनेहरू कलम लिएर उठ,तलबार हुनेहरु तलबार लिएर उठ,बाजा बजाउन जान्ने हरु बाजा लिएर उठ,हातमा केहि नहुने हरु अागाेकाे ज्वाला सहित अावाज लिएर उठ,गाउँ गाउँ बाट उठ बस्ती बस्ती बाट उठ।

Address

बर्दिया , नेपाल
Bardiya

Website

Alerts

Be the first to know and let us send you an email when वैदिक सनातन हिन्दु धर्म संरक्षण समिति,बर्दिया posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share